☰ open Loading... 18 November 2024|  

गुर्भाकाेटमा विप्लव माअाेवादीले राखेको रातो कपडामा के थियो ?
  | २० चैत्र २०७५, बुधबार १४:५९

सुशील खड्का
सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–वडा नम्बर ६ वडाखोलीस्थित वडा कार्यालय अगाडी शंकास्पद वस्तु फेला प¥यो । स्थानीयले वडा कार्यालय अगाडी रातो कपडा बेरेर नजिकै पर्चा ढुंगाले च्यापेर राखेको देखेपछि प्रहरीलाई खवर गरे । तत्कालै प्रहरी चौकी मेहलकुनाबाट सई सर्वोजित बलेलेको नेतृत्वमा टोली शंकास्पद वस्तु राखिएको वडा कार्यालयमा पुग्यो ।


तत्कालै इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँको नेतृत्वमा थप प्रहरी घटनास्थलमा पुग्याे । रातो कपडामा बेरेर राखिएको नजिकै पर्चामा ‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको थियो । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्व विप्लवले नै शंकास्पद वस्तु राखेको ठम्याएपछि घटनास्थल आसपासमा कसैलाई प्रवेश गर्न दिइएन् ।

कपडामा बेरेर राखिएकाले प्रहरीले पनि वम नै हुनसक्ने अनुमान लगायो । झण्डै दुई घण्टापछि छिन्चुबाट नेपाली सेनाको वम डिस्पोजल टोली घटनास्थल पुग्यो । सेनाले घटनास्थलमा भएको शंकास्पद् वस्तुलाई अलि टाढा लगेर डिस्पोजको तयारी ग¥यो । बाहिरी कपडा खोल्दै जाँदा भित्र भने ढुंगा, रातो माटो र केही फलामका टुक्रा फेला प¥यो ।

अन्तत स्थानीय, प्रहरी र सेनाको वम डिस्पोजल टोलीले त्रास फैलाउन शंकास्पद वस्तु राखेको निष्कर्ष निकाल्यो । प्रहरीले घटनास्थलबाट विप्लव माओवादीले माघमा छापेको पर्चा फेला पारेको छ । पर्चामा २००४ सालदेखी हालसम्म नेपाली जनताले चाहेअनुसारको उपलव्धी नभएकाले अर्को क्रान्ति आवश्यक रहेको उल्लेख छ ।

कार्यालयमै विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले शंकास्पद वस्तु राखेपछि जनप्रतिनीधि त्रासमा छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिपबहादुर क्षत्रीले जनप्रतिप्रतिनिधिको सुरक्षामा प्रहरी गम्भीर भएकाले नडराउन आग्रह गरेका छन् ।

‘गुर्भाकोटमा भेटिएको शंकास्पद वस्तु वम नभई त्रास फैलाउन राखिएको वस्तु हो’ डिएसपी क्षत्रीले भने, ‘जिल्लाभरी नै प्रतिवन्धित पार्टीका कार्यकर्ताका गतिविधिमाथि कडा निगरानी राखिएकाले जनप्रतिनिधि र जनातालाई त्रसित नहुन आग्रह गर्दछु ।’