☰ open Loading... 18 November 2024|  

६ वटा स्थानीय तहमा नयाँ उद्यमी बनाइँदै
  | २१ चैत्र २०७५, बिहीबार २०:१९

दैलेख । दैलेखका ६ वटा स्थानीय तहमा नयाँ उद्यमी बनाईने भएको छ । जिल्ला लद्यु उद्यमी समुह संघ, र उद्यमशिलता विकास केन्द्रको सहजीकरणमा नयाँ उद्यमीका लागि शिपविकास हस्तान्तरण गरिने भएको हो ।


जिल्ला लद्यु उद्यमी समुह संघमा अवद्ध ११ उद्यमी रहेका छन् । जिल्लाभर १८०६ जना उद्यमी रहेको जिल्ला घरेलु विकास समितिले जनाएको छ । पुराना उद्यमीहरुलाई प्रर्वधन गर्ने र नयाँ उद्यमीलाई सिपविकास गर्ने कार्ययोजना रहेको संघका अध्यक्ष कविराज खत्री (झवि) ले बताए । गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम यो वर्ष पनि संघमार्फत सञ्चालन हुने भएपछि उद्यमीहरु खुसी भएका छन् ।

नेपाल सरकार उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशबाट लद्यु उद्यम विकास कार्यक्रम दैलेखमा लागु भएको हो । यो वर्ष नयाँ उद्यमी श्रजना गर्नका लागि ५८ लाख ४ हजार १६ रुपैँया २ पैसाको बजेट आएको जिल्ला लद्यु उद्यमी समुह संघका अध्यक्ष कविराज खत्री (झवी)ले बताए । त्यस्तै ब्यवसाय स्तरउन्नती तर्फ १३ लाख ६४ हजार ७ सय २० रुपैँया रहेको छ । कार्यक्रममा आएको बजेट र गर्ने कामहरुका बारेमा सार्वजनिक गरिएको हो ।

यो वर्षभित्र कार्यक्रममले प्रारम्भीक सर्वेक्षण तथा बजार, श्रोत र संभाब्यता, कार्यक्रमको बारेमा अभिमुखीकरण, उद्यम विकास समिति गठन, सहभागितामुलक, ग्रामीण लेखाजोखा, उद्यमशीलता विकास तालिम, सीप विकास तालिम, लद्यु कर्जामा पहुँच, ब्यवशाय विकास परामर्श तथा बजार विस्तार, उपयुक्त प्रविधिमा पहुँचका लागि प्रविधि हस्तान्तरण र सहजीकरण, साँझा सुविधा केन्द्रको स्थापना र संचालन, लद्यु उद्यम नितिको वकालत र पैरवी तथा तत्यांक विवरण संकलन जस्ता कार्य गर्ने जनाईएको छ ।

यो कार्यक्रम दैलेखका नौमुले, महावु, भगवतीमाई, डुगेश्वर, गुरासँ गाउँपालिका र नारायण नगरपालिकामा लागु हुने जनाईएको छ । उद्यमीहरुको साँझा संस्थाका रुपमा जिल्ला लद्यु उद्यमी समुह संघ स्थापना भएको छ ।

यसले लामो समयदेखी उद्यमीहरु स्थापना र ब्यवस्थापनका लागि लागेको छ । जिल्ला घरेलु विकास समितिका बरिष्ट घरेलु विकास अधिकृत पर्शुराम आर्चायले कार्यक्रम उद्यमीहरुकै भएको बताए । उनले कार्यक्रम गरिवी हटाउन निकै महत्वपूर्ण तथा कोशेढुंगा भएको बताए ।