☰ open Loading... 18 November 2024|  

मानव सेवा अाश्रमलार्इ पाँच लाख सहयाेग
  | २१ चैत्र २०७५, बिहीबार २०:३५

मानव सेवा संसारकै उत्कृष्ट कार्य : मन्त्री रावल

सुर्खेत । मानव सेवा संसारको उत्कृष्ट कार्य भएको कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले बताएका छन् । वीरेन्द्रनगरस्थित नेवारेमा रहेकाे मानव सेवा अाश्रम सुर्खेतमा स्थापना भएको छोटो समयमै मानविय क्षेत्रमा राम्रो काम गरेकाेमा प्रशासा समेत मन्त्री रावलले गरेका छन् ।

प्रदेश सरकारले सडक नागरिकमुक्त गर्ने अभियानका साथ अघि बढेको मन्त्री रावलले जानकारी दिए । अाश्रमका कर्णाली प्रदेश सुर्खेतका सह-संयोजक सञ्जिता गौतमलाई मन्त्री रावलले बिहीबार पहिलो किस्ता स्वरुप पाँच लाखको चेक हस्तान्तरण गरेका छ्न् । हिंसा पीडितहरुका दीर्घकालिन पुनर्स्थापना केन्द्रको रुपमा सञ्चालन गर्न चालू आ.व.०७५।०७६ मा स्वीकृत गरिएको दश लाख मध्य पहिलो किस्ता मन्त्रालयले हस्तान्तरण गरेको हो ।

अाश्रमका संयाेजक गौतमले माघ १८ गते संस्था स्थापनासँगै दुई जनाबाट शुरुवात गरिएकोमा हाल २४ नागरिकहरु पुगेको जानकारी दिइन् । “२०८२ सालसम्म कोही पनि व्यक्ति सडक नागरिकका रुपमा देख्न नपाईयोस् भन्ने उद्देश्यले अघि बढेका छौं,” गौतमले भनिन् “अाश्रमका ल्याएका सडक नागरिकलाई पारिवारिक पुनःमिलन पनि गराएका छौं ।”

उनले यहाँ सम्पर्कमा आएका सडक नागरिकलाई समाजले नाना, छाना र खानाको व्यवस्था गर्दै आएको बताइन् । यता प्रदेश सरकारले समाजमा आश्रय लिएर बसेका सडक नागरिकहरुको स्वास्थ्य अवस्था ठिक राख्न बेला बेलामा स्वास्थ्य शिविर सञ्चालन गर्ने वचन पनि दिएको छ ।