| २४ चैत्र २०७५, आईतवार १६:३९
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा निर्वाचनको माग राख्दै आइतबार विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा तालाबन्दी गर्ने क्रममा प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी नेताहरू पक्राउ गरेको छ ।
नेविसंघका निवर्तमान केन्द्रिय सदस्य हरि शर्मा, स्ववियू सभापति झक्कबहादुर शाही, नेविसंघ सुर्खेतका निवर्तमान जिल्ला अध्यक्ष गौतम विसी, स्ववियू सदस्य रोशन बस्नेत र नेविसंघ इन्जिनियरिङ्ग संकायका सभापति राजन केसीलाइ प्रहरीले पक्राउ गरेको हो ।
विश्वविद्यालयले चैत्र २५ गते निर्वाचन गर्न निर्णय गरेपनि निर्वाचन हुन नसकेपछि नेविसंघले विभिन्न चरणबद्दरुपमा आन्दोलन गर्दै आएको छ ।