☰ open Loading... 25 April 2024|  

काँग्रेस महामन्त्री खड्का सुर्खेत अाउँदै
  | २४ चैत्र २०७५, आईतवार १९:१७

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का भोलि सोमबार सुर्खेत आउने भएका छन् । महामन्त्री भएपछि उनी पहिलोपटक राजनीतिक कार्यक्रममा सुर्खेत आउन लागेका हुन् ।

सोमबार दिउसो २ बजे पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट राखिएको छ । सुब्बाकुनाबाट मोटरसाइकल ¥यालीसहित महामन्त्री खड्कालाई स्वागत गर्ने कार्यक्रम राखिएको जिल्ला सचिव टोपबहादुर रावतले जानकारी दिए । बिहान साढे ११ बजे छिन्चुमा कार्यकर्ता भेटघाट राखिएको छ ।