☰ open Loading... 19 April 2024|  

प्रभु बैंकद्धारा एटिएम सेवा
  | २५ चैत्र २०७५, सोमबार १७:२४

दैलेख । प्रभु बैंक लिमिटेड शाखा दैलेखले सदरमुकाममा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । जिल्लामै पुरानो कमर्शन बैंकका रुपमा रहेको प्रभुले ग्राहकको मागलाई ध्यानमा राखेर एटिएम संञ्चालनमा ल्याएको जनाएको छ ।

दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले एटिएम सञ्चालन गरेर उद्घाटन गरेका हुन् । अध्यक्ष विकले पुरानो र राम्रो बैंकका रुपमा परिचित प्रभु बैंकले एटिमएम सञ्चालनमा ल्याएका सेवा सहज बनाएको बताए ।

प्रभु बैंक लिमिटेडले सदरमुकामसहित जिल्लाका गुरासँ र भगवतीमाई गाउँपालिकामा आफ्नो शाखा विस्तार गरि काम गरेको छ । एटिएम संञ्चालनपछि गाउँपालिकाका सेवाग्राहीले पनि सहज सेवा लिनेछन् ।

बैंकले एटिएम मार्फत थप सेवा दिएको दैलेखबजार शाखाका प्रवर्धक शुसिल शर्माले बताए । जिल्लामा चेकमा मात्र निर्भर ग्राहकहरुले अव एटिएम सेवा पनि विस्तार गरेको बैंक प्रवर्धक शर्माले बताए । अहिले जिल्लाभर ८ भन्दा बढी बैंकका ग्राहक रहेका जनाईएको छ । जिल्लामा प्रभु बैंक लिमिटड २०६८ सालबाट काम गरेको हो ।