☰ open Loading... 18 April 2024|  

‘कम्युनिष्टले निल्न लागेको मुलुकलाई काँग्रेसले बचाउनु पर्छ’
  | २५ चैत्र २०७५, सोमबार १८:५५

सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले कम्युनिष्टले निल्न लागेको मुलुकलाई काँग्रेसले बचाउनु पर्ने जिम्मेवारी आएको बताए । महामन्त्री पूर्णबहादुर खड्कालाई सम्मान तथा बधाई दिन सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै थानीले जनताको जनअपेक्षाभन्दा निराशातर्फ मुलुकलाई कम्युनिष्ट सरकारले धकेलेको आरोप समेत लगाए ।


‘मुलुक कम्युनिष्टको पञ्जाबाट अस्तव्यस्त बन्दैछ’ पूर्व मन्त्री समेत रहेका थानीले भने, ‘देशलाई अनिर्णयको बन्दीतर्फ जान नदिने काँग्रेसले ७७ जिल्लामै ज्वाराभाटा निकालेर कम्युनिष्ट सरकार गलाउने छ ।’ तर सदस्य थानीले पार्टीभित्रका अन्तरद्वन्द्व अन्त्य गर्दै सरकारको वेथिति विरुद्ध एक जुट भएर लाग्ने अभियानमा लाग्न महामन्त्री खड्कालाई आग्रह गरे ।

‘हामीले तपाईँ ‘पूर्णबहादुर खड्का’ बाट ठूलो अपेक्षा राखेका छौं । पार्टी असहज अवस्था भएको तपाईँले बुझ्नु भएको छ’ थानीले भने, ‘पार्टी भित्रका अन्तर विरोधको अन्त्य गर्दै कम्युनिष्ट सरकारको रवैया विरुद्ध कडा विरोध गर्ने बेला आएको छ ।’

कार्यक्रममा बोल्ने पूर्वमन्त्री, शीवराज जोशी, पूर्व राज्यमन्त्री तप्तबहादुर विष्ट, सुर्खेत पार्टी सभापति कमलराज रेग्मी लगायतले पार्टी भित्रको अन्तरविरोध अन्त्य गर्दै एकताको सन्देश दिन नेतृत्वलाई आग्रह गरेका थिए ।