☰ open Loading... 18 November 2024|  

प्रधानमन्त्री ओलीद्वारा भेरी–बबईको सुरुङ ‘ब्रेक थ्रु’
  | ३ बैशाख २०७६, मंगलवार १७:३६

सुशील खड्का
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना गर्नु वर्तमान सरकारको पहिलो लक्ष्य भएको बताउनुभएको छ । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिनद्धारा निर्मित सुरुङको आज ‘ब्रेक थ्रु’ गर्नु हुँदै प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाका लागि सरकारले ठूला–ठूला आयोजना मार्फत् उत्पाकत्व बढाउने र उत्पादनमा वृद्धि गर्ने बताउनुभएको हो ।

उहाँले देशको अर्थतन्त्रलाई छिटोभन्दा छिटो परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो । यस आयोजनालाई प्रदेश, स्थानीय र सङ्घीय सरकारको ‘मित्रताको कार्यक्रम’ को संज्ञा दिँदै प्रधानमन्त्री ओलीले प्रदेश ५ र कर्णाली प्रदेशले सद्भाव, समझदारीको नमूना आयोजना कायम गरिनुपर्ने बताउनुभयो ।

नेपालको बजेट, आवश्यकता, अमेरिकी प्रविधि र चिनियाँ कम्पनीको लगनशिलताका कारण तोकिएको समयभन्दा एक वर्ष अघि नै सुरुङ निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले सुरुङ खन्न प्रयोग भएको टनेल बोरिङ बोरिङ (टिबिएम) बटन थिचेर ‘बे्रक थु्र’ गर्नुभएको थियो । चीनका बाटा प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्म खाद्यान्न आपूर्तिमा सहजताका लागि उत्तरी भेगमा दुई वर्षभित्रै हुम्लामा मोटरबाटो पु¥याउने ।

चीन सरकारसंग उत्तरी नाका सञ्चालनका लागि सम्झौता कार्य अघि बढाइएको । अब नेपवालमा गरिबी रहन दिदैनौं पछ्यौटेपन रहन दिदैनौं कोही पनि जनता भोकले मर्दैनन् ।

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सुरुंग निर्माणको क्षेत्रमा ऐतिहासिक क्रान्ति भएको बताउनुभयो । टेनल एक वर्ष अगावै निर्माण सम्प्न्न हुँदा सरकारलाई हौसला मिलेका बताउँदै उहाँले यस्तो प्रविधि अन्य आयोजनामासमेत प्रयोग गर्ने जानकारी दिनुभयो । यहाँबाट उत्पादित ४८ मेगााट विद्युतलाई जनताको जलविद्युत आयोजना अन्तर्गत समावेश गरिएको बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेरी बबई डाइभर्सन आयोजनाबाट कर्णाली प्रदेशले बढी लाभ पाउनुपर्ने बताउनुभयो । ४८ मेगावाट विद्युत आयोजना उपहारस्वरुप कर्णालीलाई दिन अनुरोध गर्नुभयो । बाँके र बर्दियाका जनताको भकारी भरिने तर, कर्णालीका जनताले भोकमरी भोग्नुपर्ने अवस्था आउन नहुने बताउनु भयो ।

प्रदेशश ५ का मूख्यमन्त्री शंकर पोखरेलले टनेल बोरिंग मेसिनले नव नेपाल निर्माणको लागि नयाँ उत्साह थपेको बताउनुभयो । उहाँले यसलाई मितेरी आयोजनाको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । कर्णाल्ीका जनतालाई जतिबेला संकट हुन्छ खाद्यान्न पूर्ति गराउन तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र चिनियाँ राजदूत हु याङले लक्ष्य अगावै आयोजना सम्पन्न हुनु खुसीको कुरा भएको उल्लेख गर्नुभएको थियो ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत् १७ महिनामै सुरुङ निर्माण गरेको हो ।