| ७ बैशाख २०७६, शनिबार २०:५०
सुर्खेत । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका कर्णालीका सुरेन्द्र थापाले कास्य पदक जितेका छन् । प्रदेश ५ मा जारी प्रतियोगितामा थापाले ७५ केजी तौलतर्फ कास्य पदक जितेका हुन् ।
प्रतियोगिताका लागि वीरेन्द्रनगरमा रहेको मिड वेर्स्टन फिटनेस सेन्टरले प्रशिक्षण दिँदै आएका थियो । तौलतर्फ कास्य पदक दिलाएपछि थप प्रशिक्षित हुने हौसला जागेको थापाले बताए ।
पछिल्ला वर्षहरुमा मिड वेर्स्टन फिटनेस सेन्टरले शारीरिक सु–संगठनमा खेलाडीहरु सहभागी गराउँदै आएको छ । थापा यहीँ बैशाख २६ गते हुने हिमालय बडी बिल्डिङमा सहभागी हुन लागेको मिड वेर्स्टन फिटनेस सेन्टरका सञ्चालक प्रमोद हमालले जानकारी दिए ।