☰ open Loading... 18 November 2024|  

रामेछापमा धावनमार्गबाट चिप्लियो जहाज
  | ९ बैशाख २०७६, सोमबार १२:०६

रामेछाप । लुक्लामा अवतरण गर्न नसकेर रामेछाप डाइभर्ट भएकाे तारा एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ ।सोमबार बिहान ९ बजेर ३८ मिनेटमा रामेछाप विमानस्थलमा अवतरणका क्रममा उक्त डोर्नियर विमान पांग्रा पञ्चर हुँदा रनवेबाट चिप्लिएको हाे ।

दुर्घटनामा मानवीय क्षति भएको छैन। उक्त जहाजमा १४ विदेशी यात्रु र तीनजना चालक दलका सदस्य थिए।नाइन एन– एकेके कलसाइन भएकाे उक्त जहाज क्याप्टेन पीजे शाहले उडाएका थिए।

यति तथा तारा यएरका प्रवक्ता भीमराज राईका अनुसार जहाज बिहान ८ बजेर ४९ मा काठमाडाैंबाट लुक्लाका लागि उडेकाे थियाे। लुक्ला विमानस्थल माैसम खराबीका कारण बन्द भएकाले जहाज रामेछाप डाइभर्ट भएकाे हाे। प्रवक्ता राईका अनुसार अवतरणका क्रममा अगाडिकाे पांग्रा पञ्चर भइ जहाज अनियन्त्रितहुँदाविमानस्थलकाे तारबारमा ठाेक्किन पुगेकाे थियाे।

दुर्घटना भएको जहाज धावनमार्गकै छेउमा अड्किएकाले थप उडान र अवतरण हुन सकेका छैनन्। लुक्का जाने यात्रुहरु विमानस्थलमा अलपत्र छन्।

कुकुर र विमान सँगसँगै
रामेछाप विमानस्थलमा साेमबार बिहानै देखि कुकुर पसेको थियो। कुकुर धावनमार्गमा दौडिरहदाँ पनि जहाजलाई अवतरण र उडान गर्न दिइरहेका थिए।

विमानस्थलमा पसेको कुकुरका कारण लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज ओभरसुट गराई केही क्षण पछि विपरीत दिशाबाट अवतरण गराइएको थियो। तारा एयरकाे जहाज अवतरण गर्दा पनि कुकुर धावनमार्गमै थियो।

उक्त विषय गम्भीर रहेको भन्दै स्थानीयले विमानस्थल प्रशासनले उडान र अवतरणमालापरवाही गरेको आरोप लगाएका छन्।

क्षमता भन्दा बढी पार्किङ
रामेछाप विमानस्थलमा ४ वटा जहाज पार्किङ गर्ने स्थान भए पनि ७ वटासम्म जहाज कोचाकोच गरेर राखिएको छ।आज तारा एअरको विमान अवतरणको क्रममा दुर्घटना हुँदा पार्किङमा ५ वटा विमान थिए।

कान्तिपुरबाट