☰ open Loading... 16 November 2024|  

तीन तहकै सरकारविच समन्वय गर्छु ः प्रजिअ पाेखरेल
  | १२ बैशाख २०७६, बिहीबार १९:०१

सुर्खेत । देश संघीयतामा रुपान्तरण भएसंगै विकासका लागि सकरात्मक सोचको आवश्यकता रहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पाेखरेलले बताएका छन् । गण्डकी प्रदेशबाट जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारीले पाेखरेलले राज्य पुनर्निर्माणमा सकरात्मक सोच राख्न जरुरी रहेको बताएका हुन् ।


संघीयता नेपालमा नयाँ अभ्यास भएकाले उल्लेख गर्दै पाेखरेलले भने, ‘यो बेला सबैमा सकरात्मक भाव जागृत भएर नयाँ पद्धतीलाई संस्थागत गर्न आवश्यक छ ।’ ‘हामी कोही पनि परिपक्क छैनौं’ पाेखरेलले भने, ‘काम गर्ने क्रममा त्रुटी हुन्छन् तर त्यसको रचनात्मक आलोचना दिएर काम गर्ने वातावरण सिर्जना गर्नमा सञ्चारकर्मीहरुले साथ दिन जरुरी छ ।’

पत्रकारसंगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाेखरेलले संघ, प्रदेश र स्थानीय सरकारहरुविच समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले तीनवटै तहका सरकारहरुविचका समस्याबारे जानकार रहेकाले ति समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने उल्लेख गरे ।

सुर्खेतमा रहनुञ्जेल शान्ति सुरक्षालाई प्रभावकारी बनाउनमा कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । जिल्लामा देखिएका समस्याहरुलाई केलाएर त्यसको समाधानमा समेत कुनै कसर बाँकी नराख्ने उनले बताए । पाेखरेल यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत थिए ।