☰ open Loading... 15 November 2024|  

एपीएफद्वारा हिमालयन एकेडेमी ८४ रनले पराजित
  | १४ बैशाख २०७६, शनिबार १८:१३

सुर्खेत । कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियाेगिताकाे शनिवार भएकाे दोश्रो खेलमा समुह ‘बि’ मा रहेको एपीएफले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले पराजित गर्यो।

खेलमा टस जितेर एपीएफले ब्याटिंग गर्दै गरेको एपीएफले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा हिमालयन क्रिकेट एकेडेमीले १०८ रन मात्रै बनाउन सक्यो।

हिमालयनलाई सस्तोमा समेट्न एपीएफको लागि शरद भेसावकरले ४ विकेट तथा भुवन कार्की, पुरन बिक र सन्दिप जोराले २/२ विकेट लिए। हिमालयनका ब्याट्सम्यान पवन कार्कीले सर्वाधिक २४ रन बनाए।

यस अघि एपीएफको ब्याटिंगमा अनिल साहले शतक र शरद भेसवकरले अर्धशतकीय इनिंग खेले। अनिलले १०२ रन बनाउन ५८ बलमा १५ चौका र ३ छक्का प्रहार गरे।

शरदले ५१ रन बनाए जुन क्रममा ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। दुवैले ओपनिङ्ग साझेदारीको रुपमा १५५ रन बनाए। कप्तान प्रदिप ऐरि १२ र शंकर राना १३ रनमा अविजित रहे ।

खेलको प्लेयर अफ द म्याच अनिल साह चुनिए ।

प्रतियोगिता अन्तर्गत आइतबार २ खेल संचालन हुनेछन् । बिहानको खेलमा मध्य-पश्चिम क्रिकेट क्लब र लालीगुराँस क्रिकेट क्लबले तथा दिउसोको खेलमा एपीएफ र न्यु होराइजन क्लबले प्रतिस्पर्धा गर्नेछन्।

कर्णाली क्रिकेट एकेडेमीमा आयोजित प्रतियोगितामा कुल ८ टिमहरु सहभागी छन् जसलाई २ समुहमा बिभाजन गरिएको छ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालिगुराँस क्रिकेट एकेडमी झापा रहेका छन्। त्यस्तै समूह ‘बि’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन्।

दुवै समूहबाट उत्कृस्ट हुने २/२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।