सुर्खेत । नापी विभागले सुर्खेतका ९ वटै स्थानीय तहलाई भू–उपयोगसम्बन्धी कागजात हस्तान्तरण गरेको छ । जिल्ला समन्वय समिति (जिसस) का संयोजक छविलाल सिग्देलले वीरेन्द्रनगरमा आज आयोजित कार्यक्रममा स्थानीय तहका प्रमुख÷उप–प्रमुखहरुलाई भू–उपयोग नक्सा, डाटा तथा रिर्पोट हस्तान्तरण गर्नुभएको हो ।
राष्टिय भू–उपयोग आयोजनाले जिल्लाका स्थानीय तहका बेग्लाबेग्लै प्रतिवेदन, नक्सा तयार गरेको हो । प्रतिवदेनमा ९ वटै स्थानीय तहका वन, खेतीयोग्य जमीन, नदी, ताल तथा सिमसार, सार्वजनिक, निजी जमीनको तथ्याङ्क समेटिएको छ । प्रतिवेदन हस्तान्तरण गर्नुहुँदै जिसस संयोजक सिग्देलले योजनाबिनै भूमीको प्रयोगले खेतीयोग्य जमीन मासिनुका साथै प्राकृतिक विपद्को जोखिम बढेको चिन्ता ब्यक्त गर्नुभयो ।
उहाँले भू–उपयोग रिपोर्टले स्थानीय तहहरुलाई काम गर्नमा सहज हुने बताउनुभयो । नापी विभागका इन्जिनियर विक्रम रेग्मीले स्थानीय तहलाई डिजिटल डाटासमेत उपलब्ध गराएको जानकारी दिनुभयो । कार्यक्रममा सुर्खेतका नौ वटै स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरुको सहभागिता थियो ।