| १९ बैशाख २०७६, बिहीबार १९:०७
दैलेख, नेपाली काँग्रेसले देशभर आयोजन गर्न लागेको जनजागरण अभियान अन्र्तगत दैलेख आईपुगेकी केन्द्रिय सदस्य डा. डिला संगौंलाले सरकारविरुद्ध जनताहरु जागीसकेको बताएकी छिन् ।
नेपाल प्रेस युनियन दैलेखद्धारा गरिएको पत्रकार भेटघाटमा उनले सरकार तस्करहरु मिलेर देशमा अराजगता मौलाएको बताईन् । उनले नेकपाकै नेताहरु बालुवाटारको जग्गा किन्नेदेखी देश टुक्राउने अभियानमा हिडेको सिके रावतजस्ता मान्छेसंग सहमती गरेको बताईन् । उनले काँग्रेसको जनजागरण अभियानले पार्टीको विधानदेखी देशको अवस्थाबारे कार्यकर्तामाँझ पुराईने बताईन् । जनजागरण अभियान दैलेखको भगवतीमाई गाउँपालिकाको मुकाम बेस्तडामा विहिवार दिउँसो हुँदैछ । ज्योती कटुवालको अध्यक्षतामा प्रेस युनियनले गरेको पत्रकार भेटघाट सम्पन्न भएको थियो ।