सुर्खेत। बीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपिएलको उपाधिकालागि विभागिय टोली आर्मी र न्यू होरार्इजन बुटवल भिड्ने भएका छन । दोस्रो सेमिफार्इलमा आर्मीले अर्को विभागिय टोली एपीएफमाथि एक विकेटको रोमान्चक जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो ।
८७ रनको सामान्य लक्ष्य आर्मीले १७ दशमलव ओभरमा ४ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो । खराव सुरुवात गरेको आर्मीकालागि सोमपाल कामी र जितेन्द्र मुखियाले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाउनु भएको हो । कामीले २२ बलमा ३१ रनको आक्रमण पारी खेल्दा मुखियाले १२ र रोहित कुमार पौडेलले पनि १२ रन जोड्नु भयो । एपीएफकालागि कमलसिंह ऐरी र यज्ञमान पुलामी समान दुर्इ दुर्इ विकेट लिनुभयो। समूह चरणमा अपराजित रहेको एपिएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको हो ।
एपिएफकालागि सर्वाधिक ३० रन बनाउनु शरद भेषवाकरले ३० र १९ रन जोड्नु भएका भुवन कार्की सहित तीन जना खेलाडि रन आउन हुनुभएको हो। एपीएफलार्इ सस्तैमा समेट्न आर्मीका सोमपाल कामीले निकै किफायति बलिङ गर्दै तीन ओभरमा १० रन दिएर तीन विकेट लिदाँ सुसन भारीले दुर्इ विकेट हात पार्नु भयो। आजै भएको पहिलो सेमिफार्इनलमा न्यू होर्इजनले आयोजक कर्णाली एघारलार्इ तीन विकेटले हराउँदै फार्इनलमा प्रवेस गरेको हो । वर्षा र हावाहुरीको कारण १३ ओभरमा छोट्याइएको खेलमा ६३ रनको समान्य लक्ष्य न्यू होराइजनले ११दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
न्यू होराइजनका सुबेन्दु पाण्डेले १८ तथा निश्चल चौधरीले १०, बिशाल सुनारले पनि अविजित १० रन बनाउनु भयो । कर्णाली एघारका किशोर महतोले ३ विकेट तथा प्रकाश जैसीले २ विकेट लिएपनि जित दिलाउन सक्नुभएन । टस हारेर पहिले ब्याटिंग गरेको कर्णाली- एघारले कृष्ण कार्कीको सर्वाधिक ३३ रनसंगै ४ विकेट गुमाएर ६२ को योगफल तयार गरेको हो ।
१७ रनमा ३ विकेट कर्णालीकालागि कार्कीले आक्रामक ब्याटिंग गर्ने क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्नु भयो । न्यू होराइजनका कप्तान शक्ति गौचनले तीन ओभरमा एक मेडन सहित मात्र ६ रन दिएर २ विकेट लिनुभयो। समूह चरणमा अपराजित रहदै राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीलार्इ हराएको घरेलु टोली यो हारसंगै सेमीफार्इनल बाटै बाहिरिएको छ। प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृस्ट बलर र ब्याट्सम्यानले समान २० हजार हात पार्ने आयोजकको भनार्इ छ।