☰ open Loading... 15 November 2024|  

नेपालगञ्जका दुई औषधि पसलमा सिल र एकलाई कारबाही
  | २३ बैशाख २०७६, सोमबार १७:४०

नेपालगञ्ज– नेपालगञ्जका दुई औषधि पसलमा सिल र एकलाई कारबाही गरिएको छ। औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरिक्षकहरुको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतका कर्मचारीले अनुगमन गरी बन्द गराएका हुन्।

नियम विपरित औषधि पसल सञ्चालन गरेकोमा भेरी न.पा. (छिन्चु) -१२ स्थित उदय आयुर्वेद औषधि पसल र पंचपुरी-५ (बावियाचौर)को तिमिल्सीना मेडिकल(स्वास्थ्य किल्निक)मा शिलबन्दी गरिएको छ। ने भेरी न.पा.-१२ को प्रमोद फार्मेसी लाई कारवाही प्रक्रिया अगाडी बढाइएको फार्मेसी निरीक्षक दिपेन्द्र कुमार साहले जानकारी दिएका छन्।