☰ open Loading... 15 March 2025|  

बाख्राको काँचो मासु खाँदा डोटीमा १६ जना बिरामी
  | २३ बैशाख २०७६, सोमबार १७:४१

कञ्चनपुर– डोटीको आदर्श गाउँपालिका–१ मेलगडा गाउँमा बाख्राको काँचो मासु खाँदा १६ जना बिरामी परेका छन्।

स्थानीय सत्तिदेवी खड्का, उनकी छोरी पार्वती खड्का, कल्पना खड्का, प्रेम खड्का, उनकी श्रीमती इसरादेवी खड्का र छोरी उर्मिला खड्का बिरामी परेका छन्।

यस्तै सोही स्थानका पदम खड्का, रोशन खड्का उनकी छोरी एलिसा खड्का, नवराज खड्का, सरस्वती खड्का, गोमा खड्का पनि बिरामी परेका छन्।

उनीहरू सबैको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।

यस्तै सुरेश खड्का, मानी खड्का, नारद खड्का,अनिसा खड्का भने चासी गाउँमै स्थानिय मेडिकलमा उपचार गरेर घर फर्किएका छन्।