☰ open Loading... 15 November 2024|  

जमिनमुनी भेटियो गजवको धारा !
  | २३ बैशाख २०७६, सोमबार १८:०९

वैशाख, चैत्रको दोस्रो हप्तादेखी सुरु गरिएको उत्खनन् सकिएको छ । दुल्लु क्षेत्रमा तत्किालिन सिजाँ राज्य सञ्चालनका बेला राजा रानीहरुले नुहाउँने धारा दुल्लुनगर पालिका –५ मुडेदेवलको भुमेथान धारामा जमिनमुनी रहेको पुराना ब्यक्तिहरुको भनाईपछि थालिएको उत्खनन्पछि गजवको धारा भेटिएको हो ।

सिजाँ राज्य संचालनका बखत राजारानीले प्रयोग गरेको भुमेथान धाराको उत्खनन्पछिको धारा ।

अहिले उत्खनन् सकिएको छ । एउटै ढुंगाबाटै धारा लगायतका ऐतिहासिक कलात्मक कपडा फेर्ने ठाउँपनि ढुंगाबाटै बनाईएको भेटियो । त्यतिबेला अहिलेको जस्तो सुविधा थिएन् । ढुंगाबाटै दुई वटा कपडा फेर्ने कोठा समेत बनाईएको उत्खनन्पछि भेटिएको दुल्लुनगर पालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताए । आफैमा ऐतिहासिक र मौलिकता भएको अच्चम किसिमको धारा फेला परेपछि अहिले हेर्न लागेको घुँईचो लागेको स्थानीय निरक शाहीले बताए । अव दुल्लुनगर पालिकाले यो धारालाई पर्यटकिय स्थलका रुपमा विकसित गर्नका लागि आवश्यक बजेट सहित ब्यवस्थापन गर्ने तयारी गरेको नगर प्रमुख भण्डारीले बताए ।

पुराना ब्यक्तिहरुले त्यहाँ धारा रहेको सुन्दै आएको र अहिले दुल्लुनगरपालिका – ५ को बजेटबाट के रहेछ भनेर उत्खनन् सुरु गरिएको हो । उत्खनन्पछि जमिनमुनी कलाकैशलले ढुंगामै कुदिएका धारा भेटियो । थप उत्खनन् गर्दै जाँदा धारामा पानी पनि आयो । ढुंगाबाटै बनाईएको दुई वटा कपडा फेर्ने कोठा पनि धारासगै जोडिएको अवस्थामा भेटियो । अहिले उत्खनन् कार्य सकिएको छ । गहुँबारीभित्र धारा होला भन्ने कल्पना समेत नगरेका स्थानीयहरुले अन्तत पुराना बुढापाकाहरुले भनेको कुरा सत्य सवित भएपछि उत्साही भएका छन् । उत्खननपछि ढुंगाबाट कुदिएका कलात्मक दुई धारा, महिला पुरुषका लागि छुट्टा छुट्टै कपडा फेर्ने ढुंगाकै कोठा, मुंग्राको धारा भेटिपछि दुल्लुबासीहरु सुखी भएका छन् ।

पुरिएको अवस्थामा रहेको धारालाई उत्खनन् गरि जिवन्त राख्ने प्रयास सफल भएको नगरपालिकाले जनाएको छ । सिजाँ राज्यको हिउँदे राजधानी समेत रहेको दुल्लुमा उतिबेला राजाहरुले प्रयोग गर्ने धारा उतिबेला शासन सकिएसंगै पुरिएको अनुमान गरिएको छ । दुल्लुनगरपालिकाले धारालाई पुरानै शैलीमा स्थापना गरेर खोजअनुसन्धान गर्ने तथा पर्यटकका लागि कलाकैशलले भरिएको धारा राखीने जनाईएको छ । ‘सिजाँ राज्यको पालामा बनाईएको कलाकैशलपूर्ण नमुना ढुंगै धारा भेटिएको छ ।’ नगरप्रमुख भण्डारीले भने, अव हामी पुरानै शैलीको कलात्मक धारालाई उत्खनन्पछि जिवन्त दिने छौं ।’ अहिले दुल्लु क्षेत्रका धेरै स्थानमा रहेको ऐतिहासिक स्थानहरुको उत्खनन् हुनुपर्ने आवाज उठेको नगरप्रमुख भण्डारीले बताए । ५ नम्वर वडा कार्यालयबाट उत्खनन् र जग्गा किन्नका लागि २ लाख रुपैँया रहेको वडाअध्यक्ष प्रेमबहादुर थापाले बताए ।