☰ open Loading... 25 November 2024|  

प्रहरीलाई पनि सिकाइयो जुम्बा डान्स
  | २५ बैशाख २०७६, बुधबार १७:५१

सुर्खेत । शारीरिक रूपमा तन्दुरुस्त हुन सुर्खेतका प्रहरीहरुलाई जुम्बा डान्स सिकाइएको छ । सुर्खेतमा रहेको डान्स फेबर एकेडेमी तथा जुम्बा फिटनेसले प्रहरी कार्यालयमै पुगेर जुम्बा डान्स सिकाएको हो । काममा मात्रै व्यस्त हुने प्रहरीलाई दैनिक एक घण्टा जुम्बा डान्स गर्दा शरिरको फिटनेससंगै स्वथ्य रहन सहयोग पुग्ने भएकाले प्रशिक्षण दिएको डान्स फिबर एकेडेमीका सञ्चालक प्रिया केसीले जानकारी दिइन् ।

‘उहाँहरु प्रायः काममै बढी विजी हुनुहुन्छ, नियमित रुपमा जुम्बा डान्स गर्न थोरै समय निकालेमा शरिरलाई फाइदा पुग्छ’ केसीले भनिन्, ‘एक पटक हामीले जुम्बाका स्टेप सिकाए उहाँहरु नियमित घरमै बसेर सिक्न सक्षम हुनु भएको छ ।’ विस्तारै युवायुवती यही आफ्नो शरिरलाई आकर्षण बनाउन जुम्बा डान्समा अभ्यस्त भइरहेका छन् । तर एकेडेमीले प्रहरीहरुबाट सुरुवात गरेको यो अभियान विद्यालयहरुमा समेत लैजाने योजना रहेको केसीको भनाई छ ।

जुम्बा डान्स गर्दा नियमित रुपमा वाकिङ्ग गरिरहन जुरुरी नरहेको बताएकी केसीले रमाइलो गर्दै नाच्द स्वस्थ हुन सहयोग पुग्ने भन्दै खानामा कटौती गर्न नपर्ने उल्लेख गरिन् । प्रहरीलाई जुम्बा डान्सको प्रशिक्षण सञ्चालिका प्रिया केसीसहित पारु केसी र मानसिं बुढामुगरले दिएका थिए । उनीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यालयमै पुगेर प्रहरीलाई प्रशिक्षण दिएका थिए ।

जुम्बा डान्समा गीत अनुसारका क्रियाकलाप सिकाइन्छ । अंग्रेजी, स्पेनी लगायत गीत बजेसँगै हात फैलाउने, गोडा उचाल्ने, कमर मर्काउने र मुन्टो निर्हुयाउने गर्नुपर्छ । अनि नाच्नुपर्छ । फास्ट बिटको गीत बजे त्यसै अनुरूप आफ्नो गति बढाउनुपर्छ ।

यतिन्जेल एक घण्टा बितिसकेको हुन्छ । प्रशिक्षार्थीहरू पसिनाले भिजिसकेका हुन्छन् । जुम्बा डान्स महिलाका लागि ‘सफ्ट एक्सरसाइज’ रहेकाले एकेडेमीले विगत केही वर्षदेखी वीरेन्द्रनगरको न्यूरोडमा प्रशिक्षण केन्द्र खोलेको छ ।