☰ open Loading... 15 November 2024|  

जाजरकोट अस्पतालमा भेरी नगरपालिकाले जडान गर्यो उत्कृष्ट सिस्टम
  | ३१ बैशाख २०७६, मंगलवार १६:५८

जाजरकोट । जाजरकोट अस्पतालमा छिटो–छरितो र पारदर्शी सेवाप्रवाह गर्न भेरी नगरपालिकाले अत्याधुनिक सिस्टम जडान गरिदिएको छ । अस्पताल व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट सिस्टम मानिएको डल्फिनलाई नगरपालिकाले अस्पतालमा जडान गरिदिएको हो ।

नगरपालिकाले पाँच लाख ७५ हजार लगानी गरेर अस्पतालमा उक्त सिस्टम जडान गरेको हो । स्वास्थ्य क्षेत्रलाई स्मार्ट बनाउन म्याभरायन सिस्टम प्रालीले सुरु गरेको यो सिस्टम अस्पताल व्यवस्थानमा निकै उपयोगी मानिएको ।

अस्पतालमा छिटोछरितो र पारदर्शी काम गर्न, चुहावट रोक्न तथा ल्यावका मेसिनहरुलाई एकिकृत गरेर मानविय त्रृटिलाई सम्पुर्ण रुपले हटाउन डल्फिलन निकै प्रभावकारी भएकोले यसलाई नगरपालिकाले सम्पुर्ण खर्चको व्यवस्थापन गरेर जडान गरेको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले बताए ।

यस सिस्टम जडान भएपछि जाजरकोट अस्पतालले अझैँ गति लिने नगरप्रमुख घर्तीले विश्वास व्यक्त गरेका छन् । उनले भने ः गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न भेरी नगरपालिकाले सम्पुर्ण सहयोग गर्न संधै अग्रसर छौ ।

कम्पनिका प्राविधिक अस्पतालमै पुगेर यो सिस्टज जडान कार्य सुरु गरिएको छ । सम्पुर्ण प्राविधिक कार्य सम्पन्न भइसकेपछि अवको केही दिन भित्रै यो सिस्टम मार्फत काम सुरु गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला खत्री बस्नेतले जानकारी दिइन् ।

नगरप्रमुख घर्तीले सिस्टम डल्फिन संगै त्यसमा आवश्यक एक थान ब्राण्डेड कम्प्युटर पनि सोमवार प्रदान गरेका छन् ।

यो सिस्टम मार्फत ओ.पी.डी, विरामी दर्ता, विलिङ्ग, फार्मेसी, ल्याव लगायत लेखा प्रणालीका सवै काम सजिलै गर्न सकिन्छ । पुर्णरुपमा अस्पतालका अन्य बिभागहरुको व्यवस्थापन एकिकृत प्रणाली मार्फत डल्फिनले व्यवस्थापन गर्ने प्रा.लीका व्यवस्थापक दिपक शर्माले बताए ।

पछिल्लो समय ग्रामिण देखी शहरी क्षेत्रका अस्पताल व्यवस्थापनको क्षेत्रमा हस्पीटल मेनेजमेनट इन्फर्मेसन सिस्टम डल्फिन प्रभावकारी बन्दै गइरहेको उनले बताए ।