☰ open Loading... 27 February 2025|  

कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको मृत्यु
  | २ जेष्ठ २०७६, बिहीबार १४:२९

????????????????????????????????????

काठमाडाैं : कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ। आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एकजना सम्पर्कविहीन भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले पुष्टि गरे। उनले भने, ‘मलाई पनि यस्तै खबर आएको छ। आधिकारिक पुष्टिसहितको पत्र भने कम्पनीले दिएको छैन।’ उनीहरू पिक प्रमोसनबाट हिमाल आराेहणमा गएका थिए।

ताप्लेजुङ जिल्लाको नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जनाले सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव ल्याउने प्रयास भइरहेको छ।

दुवै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट भोलिसम्म काठमाडौं  ल्याइने थापाले जानकारी दिए।