| ६ जेष्ठ २०७६, सोमबार १८:०५
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १५ थान भरुवा बन्दुक बरामद गरेको छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका विभिन्न ठाउँबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको हो ।
बराहताल गाँउपालिकाको रक्सेनी, करियापानी, लेखगाउँ र चेपाङ तथा पञ्चपुरी नगरपालिकाको बाच्छीबाट गस्तीका क्रममा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।
भरुवा बन्दुक प्रहरी चाैकी बड्डीचाैर र अस्थायी प्रहरी चाैकी डाँडाछाप्रेले बरामद गरेकाे क्षेत्रीले बताए । उनकाअनुसार बरामद गरेका अवैध हतियार थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ ।