| ७ जेष्ठ २०७६, मंगलवार १७:५६
सुर्खेत । प्रदेश प्रहरीले प्रतिवन्धित विप्लव माओवादीका भेरी इन्चार्जसहित दुई जनालाई भेरीगंगा नगरपालिका ५ भर्लेनीबाट बैठक बसिरहेको अवस्थामा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भेरी इन्चार्ज बलबहादुर ओली (शीतल) र सुर्खेत जिल्ला इन्चार्ज खड्कबहादुर खड्का (यमराज) रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट पार्टीका पर्चा र आगामी योजनाका दस्तावेज बरामद गरेको जनाएको छ ।