☰ open Loading... 17 November 2024|  

गाउँमै आखाँ शिविर
  | ८ जेष्ठ २०७६, बुधबार १६:५२

दैलेख, दैलेखको ग्रामीण बस्तीमै आखाँ शिविर गरिएको छ । भैरवी गाउँपालिकाको चार स्थानमा मातिविन्दु छनौट तथा आखा उपचार शिविर गरिएको हो । शिविरले आर्थिक अवस्था कमजोर भएर अस्पतालसम्म आउन नसक्नेहरु लाभान्वित भएका छन् । ७ दिनसम्म भैरवीका आयोजित शिविरमा ६ सयभन्दा बढीले चेकजाँच गराएका हुन् ।

बैशाख २८ गतेबाट संचालित मोतिबिन्दु छ्नौट तथा आँखा उपचार घुम्ती शिबिर रावतकोट, स्वास्थ्य चौकी बडलम्जी, स्वास्थ्य चौकी भैरिकालिकाथुम र कुसापनी स्वास्थ्य चौकीमा गरि ४ ठाउँमा संचालन गरिएको थियो । ती घुम्ती शिबिरहरुबाट करिब ६ सय आँखाका बिरामीहरुले आखाँको चेकजाँच गरेका थिए । शिविरबाट ६८ जना आँखाका बिरामीहरु मोतिबिन्दुको अप्रेसनका लागि छनौट भएको भैरवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शमसेर बिष्टले बताए । अप्रेशनको लागि छनौट भएका सबै बिरामीहरुको जेष्ठ ३ गतेदेखी ५ गतेसम्म भैरबी गाउँपालिका ३ स्थित कुर्ममा अप्रेशन शिविरबाट अप्रेशन गरिएको जनाईएको छ । आईतवार मोतिविन्दुको अप्रेशन कार्यक्रम सकिएकोस्वास्थ्य शाखा प्रमुख विष्टले बताए । गाउँमै शिविरको आयोजना गरि प्रत्यक्ष सवैले लाभ लिन सहज होस् भनेर कार्यक्रम राखीएको गाउँपालिकाका अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद देवकोटाले बताए ।

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका अध्यक्ष भेषबहादुर थापाले मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंग आँखा भएकोले यसको सुरक्षा र उपचारलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताए । भैरबी गाउँपालिकाको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतको प्राबिधिक सहयोगमा स्वास्थ्य इकाई भैरबीद्वारा आयोजित जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिबिर तथा आँखा अप्रेशन शिबिर गरिएको हो । जनतासंग प्रत्यक्ष लाभ लिने खालका कार्यक्रममा गाउँपालिकाले आगामी दिनमा पनि बजेट बिनियोजन गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्ट, नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका सभापती खेमराज केसी, सुर्खेत आँखा अस्पतालका नेत्र विशेषज्ञ डा .शक्ति सुबेदी, सम्पूर्ण वडा अध्यक्षहरुको तर्फबाट वार्ड नम्बर ३ का वार्ड अध्यक्ष देबी भण्डारी सहभागी थिए ।