| ९ जेष्ठ २०७६, बिहीबार १८:१९
काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणमा सरकारलाई सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिलाई निर्देशन दिनुभएको छ ।
सभामुख महराले सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै कानुन निर्माण अघि बढाउन सरकारलाई सचेत गराउनु भयो । संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले बिहिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उहाँले संविधानको मर्म अनुसार कानुन निर्माण भए नभएको निगरानी हुनुपर्ने बताउनु भयाे ।
सरकारले आश्वासन अनुसार काम गरे, नगरेको निगरानी राख्ने अधिकार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई भएको सभामुखले स्मरण गराउनु भयो ।
उहाँले संविधान अनुसार कानुन निर्माण र त्यसको कार्यान्वयनको विषयमा सरकारको ध्यानाकर्षण गराउने काम संसदीय समितिले गर्नुपर्ने दोहोर्याउनु भयो ।
जनतासमाचारबाट