| ९ जेष्ठ २०७६, बिहीबार १८:३२
हुम्ला : भारतीय राजदूतावासडौंले जिल्ला अस्पताल हुम्लालाई ११ प्रकारकार औषधि र उपकरण सहयोग गरेको छ ।
भारतीय दूतावास हुम्लाका प्रतिनिधि जनकबहादुर शाहीले अस्पताका डाक्टर अमित विष्टलाई विहीबार ती सामाग्री हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण गरिएका औषधिमा ४ किलोवाट क्षमताको जेनेटर, २ वटा अक्सिजन सिलिन्डर, २ निमोलाइजर, २ अक्सिमिटर, २० वटा बडी व्याग लगायत छन्। जिल्ला अस्पताललाई औषधि र उपकरण प्राप्त भएपछि सेवाग्राही र पर्यटकलाई सेवा दिन सहज भएको डाक्टर विष्टले बताए ।
त्यसैगरि अकालमा र कालगतिले ज्यान गुमाइ जिल्ला बाहिर लानुपर्ने शवलाई बडी व्यागमा राख्न सजिलो हुने अर्का डाक्टर सौरभ श्रेष्टले बताए।