☰ open Loading... 23 February 2025|  

तीर्थयात्रीलाई उडान भर्न व्यस्त हुँदा सुर्खेतमै थन्कियो संस्थानको खाद्यान्न
  | १३ जेष्ठ २०७६, सोमबार २०:२२

हुम्ला : हुम्लाको सिमकोटमा रहेको नेपाल खाद्य संस्थानको चामल हवाई मार्गबाट ढुवानी नहुँदा नेपालगञ्ज र सुर्खेतमै थन्किएको छ। निजी एयरलाइन्सका जहाजले भारतीय तीर्थयात्रीकाे चाप बढेपछि अहिले खाद्यान्न,व्यापारका समान र औैषधिसमेत सुर्खेतमै अड्किएको हो।

वैशाख पहिलो सातादेखि  जहाजले हुम्लाको लागि नेपालगञ्ज, सुर्खेतबाट खाद्यन्न ढुवानी नगर्दा सिमकोटको खाद्य संस्थानको गोदाममा चामलको मौजाद कम  भएकाले खाद्यन्न वितरण गर्न नसकिएको सुब्बा सुरेन्द्र पोखरेलले जानकारी दिए। खाद्य संस्थान हुम्लाका सुब्बा पोखरेलका अनुसार अहिले खाद्य गोदाममा दुई हजार २०० क्विन्टल मात्रै चामल मौजाद रहेको बताए। नेपालगञ्ज सुर्खेतबाट पाँच हजार क्विन्टल चामल हवाई मार्गबाट ढुवानी नहुँदा वितरण गर्न नसकिएको उनले जानकारी दिए।

जिल्लामा पर्यटक भित्रने सिजन सुरु भएसँगै चामल ढुवानी नभएको पोखरेलले जानकारी दिए। निजी एयरलाइन्सहरूले आफ्नो फाइदालाई हेर्दै दुई महिनादेखि चामल ढुवानी नगरेको उनले बताए।

नेपाल खाद्य संस्थान शाखाले मौजाद रहेको २२०० क्विन्टल चामल जन्म, मृत्युलाई प्रत्येक हप्ता वितरण गरिरहेको त्यसैमा वितरण गर्दा सकिने अवस्था रहेको अन्य नागरिकलाई वितरण गर्न नसकिने अवस्था रहेको बताए। ढुवानी गर्दै आएका निजी एयरलाइन्स तारा, सीता, समिटले अहिले पर्यटक र तीर्थयात्री मात्र बोकिरहेको पोखरेलको भनाइ छ।

थाहाखबर