☰ open Loading... 23 February 2025|  

धारिलो हतियार प्रयोग गरी युवकको हत्या
  | १३ जेष्ठ २०७६, सोमबार २०:२८

दैलेख : भैरवी गाउँपालिका–६ कुटीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ।

हत्या हुनेमा महाबु गाउँपालिका–५ का २५ वर्षीय गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए।

सिंहको शनिबार राति ११ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ। हत्या कसले र किन ग¥यो भन्नेबारे खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले बताए। घटनामा संलग्नहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

सिंहको राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक क्षेत्रीले बताए।

थाहाखबर