☰ open Loading... 23 December 2024|  

वीरेन्द्रनगरमा टेलिकमको फाइबर टू होम सेवा सुरु
  | १४ जेष्ठ २०७६, मंगलवार १८:२०

सुर्खेत । नेपाल टेलिकमले सुर्खेतमा उच्च गतिको फाइवर टू होम सेवा शुरु गरेको छ । यसअघि एडिएसल सेवामार्फत इन्टरनेट वितरण गर्दै आएको टेलिकमले फाइबर सेवा शुरु गरेको हो ।


पहिलो चरणमा वीरेन्द्रनगरको पीपलचौतरा, वीरेन्द्रनचौक र तल्लो बजार क्षेत्रमा फाइबर लाइन विस्तार गरिरहेको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार यो क्षेत्रमा तत्काल एकहजार पाँचसय बढी ग्राहकले फाइवरमार्फत इन्टरसेवा उपभोग गर्न पाउने छन् ।

‘दश दिनभित्रै फाइवरबाट इन्टरनेट जडान गर्दैछौं’ खतिवडाले भने, ‘वीरेन्द्रनगरका बाँकी क्षेत्रमा भने आउने आर्थिक वर्षमा फाइवर सेवा विस्तार गर्ने लक्ष्य छ ।’ टेलिकमले तत्कालै अफिसियल र इत्राम क्षेत्रमा समेत फाइवरको काम शुरु गर्न लागेको छ । फाइवर विछ्याउन वीरेन्द्रनगरका केही क्षेत्रहरुमा सर्भेको काम शुरु गरिएको प्रमुख खतिवडाको भनाई छ ।

दैलेख सदरमुकाममा पनि फाइवर विस्तार गर्ने काम जारी रहेकाले दुई महिनामै इन्टरनेट सेवा शुरु हुने नेपाल टेलिकम सुर्खेतले जनाएको छ । ग्राहकले ८ एमविपिएसको इन्टरनेटमा फोन सेवा, डिवाइस र एकसय मिटर तार निशुःल्क पाउने छन् । यसको वार्षिक शुल्क ८ हजार रहेको टेलिकमले जनाएको छ । तर एडिएसल ग्राहकहरु स्वतः फाइवर सेवामा रुपान्तरण गरिने खतिवडाको भनाई छ ।