☰ open Loading... 29 September 2025|  

आगो निभाउने क्रममा डोटीमा एक महिलाको मृत्यु
  | १६ जेष्ठ २०७६, बिहीबार १२:२४

डोटी : सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोरायल गाउँपालिका- ३ की ३६ वर्षीया दुर्गादेवी साहु रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। घर नजिकैको सामुदायिक वनमा आगलागी भएपछि आगो निभाउने क्रममा गम्भीर घाइते भएकी साहुको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका श्रीमान् भीमबहादुर शाहुले बताए। बुधबार बिहान सबेरै जंगलमा लागेको आगो निभाउने क्रममा  उनी घाइते भएकी थिइन्।