☰ open Loading... 29 September 2025|  

उपल्लो डोल्पाको नालढाणमा मोबाइल टावर निर्माण
  | २० जेष्ठ २०७६, सोमबार १८:४३

डोल्पा : उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाअन्तर्गत ४ कागकोटमा पर्ने नालढाण डाँडामा मोबाइल टावर निर्माण भएको छ। मोबाइल टावर निर्माणसँगै शुक्रबारदेखि भि–स्याट लिंक प्रविधिबाट सञ्चार सेवा सुरु भएको छ।

गाउँमै टावर बनेर सेवा सुचारु भएपछि वर्षौदेखि सञ्चारविहीन कागकोट, सेरी, मुकोट, खानी लगायतका आधा दर्जन बस्ती सञ्चारको पहुँचमा जोडिएका छन्। समुन्द्री सतहदेखि ४२ सय मिटर उचाइमा टेलिफोन टावर निर्माण भएपछि विकट गाउँबस्तीबाटै देशविदेशमा कुरा गर्न पाइएको भन्दै सर्वसाधारण खुशी भएका छन्।

टावर बनेपछि गाउँपालिकाका दुई हजार जनसंख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले जानकारी दिए। उक्त टावरबाट एक पटकमा २४ देखि ३२ जनासम्मले कुराकानी गर्न मिल्ने प्राविधिक निलप्रसाद देवकोटाले जानकारी दिए।