☰ open Loading... 27 February 2025|  

हावाहुरीले स्वास्थ्यचौकी र विद्यालयको छाना उडायो
  | २० जेष्ठ २०७६, सोमबार १८:५१

सल्यान: हावाहुरीले आइतबार राती स्वास्थ्य चौकी र विद्यालयको छाना उडाएको छ। दार्मा गाउँपालिका ५ त्रिवेणीमा रहेको ढाकाडाम स्वास्थ्य चौकीको भवन र वडा २ झ्यारीवाङको जनकल्याण प्राथमिक विद्यालयको दुई कोठे भवनको छाना उडाएको दार्मा गाउँपालिकाले जानकारी दिएको छ।

हुरीले स्वास्थ्यचौकीको छाना उडाउदा स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम कारवाही प्रभावित भएको स्वास्थ्य चौकी ढाकाडामले जानकारी दिएको छ। हावाहुरीले विद्यालयको छाना उडाउदा एउटै कोठामा राखेर विद्यार्थीलाई पढाउन बाध्य भएको शिक्षक कुमार शर्माले बताए। उनले भने, ‘दुई कोठे भवनको छाना हावाले उडाएपछि विद्यार्थीलाई अन्यत्र राखेर बढाउन बाध्य भएका छौं।’

उक्त विद्यालयमा १८० भन्दा विद्यार्थी छन्। यस्तै आइतबार रातिको हावाहुरीले स्थानीयका.घरको छाना समेत उडाएको दार्मागाउँपालिका उपाध्यक्ष टिका शर्मा वलीले बताइन। उनले के कति घरको छाना हावाले उडायो भन्ने बारेमा घटनास्थलमै पुगेर अनुगमन गर्ने कार्य भइरहेको पनि बताइन।