☰ open Loading... 15 November 2024|  

शैक्षिक गुणस्तर सुधार्दै नगरपालिका
  | २९ जेष्ठ २०७६, बुधबार १९:३२

दैलेख, शैक्षिक गुणस्तर सुधारका लागि आठबीस नगरपालिका कार्यक्रम गर्ने भएको छ । शैक्षिक गुणस्तर अभिबृद्धीको लागि सामुदायिक बिध्यालयका प्रधानाध्यापकहरुसंंग कार्यसम्पादन सम्झौता गरेको हो । जसका कारण सवै विद्यालयले गुणस्तरिय शिक्षा दिनुपर्ने छ । विभिन्न विधिबाट पढाईमा विद्यार्थीलाई तेज बनाउनुपर्ने विद्यालयको दायित्व रहने छ । जसका लागि प्रधानाध्यापक र अध्यक्षहरुलाई तालिम समेत दिईएको छ ।
कार्यसम्पादन सम्झौताको पूर्वतयारीको रुपमा ७ दिने वृहत शिक्षक तालिम दिईएको हो । तालिममा पढाईलाई प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएको प्रमुख प्रशासकिय अधिकृत कुलराज सुवेदीले बताए । आठबीस नगरपालिकाका ५७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यपकलाई दिईएको तालिमसंगै विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुलाई छुटै तालिम दिईएको हो । विद्यालयको पढाईमा सुधार नआएपछि नगरपालिकाले गुणस्तरि शिक्षाका लागि शिक्षक तथा विद्यालयका अध्यक्षसंग पढाई प्रभावकारीताका बारेमा तालिम दिएको नगरपालिकाका नगर प्रमुख खड्कराज उपाध्यायले बताए । विद्यालयले यो शैक्षिक सत्रदेखी विद्यर्थीहरुमा निखारता ल्याउने र गुणस्तरिय शिक्षा दिनुपर्नेछ । प्रत्येक वर्ष नगरपालिकाले नै विद्यार्थीहरुको परिक्षा लिने गर्दछ ।
नगरपालिकाले ५७ वाटै सामुदायिक बिद्यालयका प्रधानाध्यापकसंग ९ बुदें कार्यसम्पादन सम्झौता गरेको प्रमुख प्रशासकिय अधिकृत कुलराज सुवेदीले बताए । नगरपालिकाले प्रधानाध्यापकहरुसंग सम्झौता गरिसकेपछी प्रधानाध्यापकहरुले शिक्षक तथा कर्मचारीहरुसंग कार्यसम्पादन सम्झौता गरि अभिलेख बिद्यालयमा राखिने सुवेदीले बताए । नगरपालिकका प्रमुख खड्गराज उपाध्यायले कार्यसम्पादन सम्झौतापछि बिद्यालयहरुको शैक्षिक गुणस्तरमा आमुल सुधारको अपेक्षा गरिएको नगर प्रमुख उपाध्यायले बताए । २ बर्से सम्झौता गरिएको र उक्त समय भित्र कम्तिमा सिकाइ अभिबृदी गर्नुपर्ने सम्झौताको बुंदामा उल्लेख गरिएको छ । उक्त समयभित्र लक्षित उपलब्धी हासिल नभएमा बिद्यालयका सेवासुविधा रोकिने छ । विद्यालयको शैक्षिक सुधारका लागि प्रधानाध्यापकसंग विभिन्न शर्तसहित सम्झौता गरिएको र दण्ड, पुरस्कृतको ब्यवस्था समेत नगरपालिकाले गरेको नगरपालिकाले जनाएको छ ।