| ३ असार २०७६, मंगलवार १५:४८
सुर्खेत । हुम्लाको खार्पूनाथ गाउँपालिका–५ मा जीप कर्णाली नदीमा खसेको छ । जीपमा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाही, चन्द्र हमाल, बसन्ती शाही, नन्द देबी सिंह र ढुक्कु भण्डारी र सवारी चालक डाईभर मणि शाहीको नाम खुलेको कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रवक्ता लोकनाथ तिमिल्सेनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिमिकोटतर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खसेको हो । नदी धमिलो रहेकाले जीप नदेखिदा उद्धारमा कठिनाई भएको प्रहरीको भनाई छ । घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ ।