☰ open Loading... 17 November 2024|  

ठाँटीकाँधका घरघरमा धारा
  | १० असार २०७६, मंगलवार १०:५०

दैलेख । ठाटीकाँध गाउँपालिका मुकाम ठाटीकाँध बजार । वर्षदिन अघिसम्म मात्र सरसफाईका लागि होईन् यहाँ खानका लागि समेत प्रयात्त पानी थिएन् । बजार काकाकुल थियो । एउटा मात्रै कट धाराको भरमा पुरै बजार निर्भर थियो । धारा पनि बजार टाढा ।

धारामा पनि पानी लिन लाईन लाग्नुपर्ने बाध्यता उस्तै । शौचालयका लागि पानी समेत हुन्र्थेन् । काकाकुल ठाटीकाँधमा कपडा धुने र नुहाउने सपना जस्तै हुन्थ्यो । ठाटीकाँध बजारमात्रै होईन् आसपासका गाउँहरु समेत खानेपानी समस्याबाट पिडित थिए ।

तर, दुई वर्ष लगाएर गाउँपालिका र ग्रामिण जलश्रोत ब्यवस्थापन परियोजनाले चौविसै घण्टा खानेपानी सुविधा पुगेपछि स्थानीयहरु हर्षित छन् । गाउँपालिकाले १ करोड १८ लाख रुपैँया र ग्रामिण जलश्रोत ब्यवस्थापन परियोजनाले ६० लाख सहित प्राविधिक सहयोग गरेर छिटै २ सय ६७ धारा निर्माण गरि पानी निकै टाढा रहेको लेकबाट ल्याएका थिए ।

खानेपानी समस्यासंग जुधेकी स्थानीय राधा रिजाल घरमै पानी आएपछि केही दिन त सपनाजस्तै महशुस गरिन् । टाढाबाट पानी ल्याएर घर चलाउदै आएकी राधा अहिलेभने पानी बोक्ने दुःखका दिनदेखी समयको समेत बचत भएको बताउँछिन् । ‘पानीकै कारण पाहुनादेखी अन्य कामहरुमा समेत समस्या थियो ।’ धाराले भनिन् ः घरघरै यसरी धारामा पानी आउँला भनेर कसैले सोचेका समेत थिएनन् । हाम्रो सपना पुरा भयो । निकै खुसी छौं ।’

ठाटीकाँध गाउँपालिका –२ की पवित्रा उपाध्याय पनि दंग छिन् । श्रमदानदेखी सवै काम गरेकी उपाध्यायले यति छिटै पानी खान पाईने होला भनेर विश्वास समेत गरेकी थिईनन् । पानी घरमै झरेपछि करेसाबासी बनाएर तरकारी लगाउने सोचमा छिन् ।

अहिले गाउँपालिकाको वडा १, २ र ३ वडाका २ सय ७६ घरधुरीको २ सय ६७ वटा धारा जडान गरिएको छ । ठाउँठाउँमा पानीका टंकी र ईटेक निर्माण गरिएको छ । पहिले यहाँका जनतालाई पानीले कति दुःख दिएको छ शब्दमा भन्न नसकिने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए ।

दिगो योजना सञ्चालनका लागि सयन्त्र राम्रो बनाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले बताए । गाउँपालिकाले जिम्मेवारी लिएर मर्मतसम्भार कोष बनाउनेदेखी उपभोक्ताले शुल्क समेत उठाउने कार्य तत्काल गरिने जनाईएको छ । भब्य समाहरोहविच खानेपानी योजनाको उद्घाटन गरियो ।

प्रमुख अतिथि पूर्व जलश्रोत मन्त्री विनोद शाहले जनताले प्रत्याभुती गर्ने विकास पहिले खानेपानी भएको बताए । उनले दिगो योजना सञ्चालनका लागि सवै मिलेर कार्ययोजना बनाउनुपर्ने सुझाव दिए ।

खानेपानी योजनाहरु अन्य विकासले सुक्ने तथा उपभोक्ताकै हेलचक्राईले लथालिग हुने समस्या धेरै रहेकाले दिगो बनाउनका लागि अग्रसर भएर सवै जागरुप हुनुपर्ने ग्रामीण जलश्रोत ब्यवस्थापन परियोजनाका डेपुटी टिम लिडर नारायण वाग्लेले बताए । ठाटीकाँधमा खानेपानीको अवस्था निकै जटिल भएकाले सवैको सहकार्यमा योजना सम्पन्न भएको परियोजना सल्लाहकार लक्ष्मीचन्द्र महतले बताए ।