☰ open Loading... 19 March 2025|  

आठबिसको नगरसभा सम्पन्न
  | १० असार २०७६, मंगलवार २०:२५

आठबिस नगरपालिका दैलेखले पाचौ नगरसभा सम्पन्न गरेको छ। नगरसभामा आब ०७६/७७ को लागि रु ४१९८६५००० रुपैया बराबरको बजेट पेश भयको छ। उपप्रमुख दिपा बोहरा द्वारा प्रस्तुत बजेट मा कृषी , शिक्षा र पुर्बाधार लाई प्रार्थमिकता मा राखिएको छ। पुर्बाधार मा पनि सडकलाइ मुख्य प्रार्थमिकता मा राखिएको उपप्रमुख बोहरा ले बताइन।

नगरसभामा बोल्दै नगरप्रमुख खड्गराज उपाध्यले अबको बर्समा बजेट कार्यनयन मा जोड दिइने बताए। उनले नगरले भ्रस्टचार बिरुद्द शून्य सहनशिलताको नीति अबलम्बन गरिने बताए। नगरपालिका का प्र प्र अ कुलराज सुबेदिले टुक्रे योजना हरुलाइ कम गरि यश बर्स नतिजामुखी र ठुला योजना हरुलाइ जोड दिएको बताए। निरन्तर को राजनैतिक द्वन्द बिच पनि बजेट निर्माणको चरण मा भने महत्वपूर्ण सहमती निर्माण भएको उनले बताए। कार्यक्रममा बर्सको उत्कृष्ट कर्मचारिलाइ पुरस्कृत समेत गरिएको थियो।