☰ open Loading... 19 March 2025|  

सल्यान शिक्षाका प्रमुख २५ हजार घुस रकम सहित कार्यकक्षबाटै पक्राउ
  | १० असार २०७६, मंगलवार २०:२६

सल्यान :  शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धन बहादुर ओली घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । उनि २५ हजार नगद रुपैँया घुस लिएको रकम सहित पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले शाखा अधिकृत ओलीलाई  घुस रकम लिएकोे अवस्थामा मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो । शिक्षक सरुवाको सहजिकरण गरेवापत एक सेवाग्राहिसँग घुस लिदै गरेको अवस्थामा उनि पक्राउ परेका हुन ।

ओली गएको वैशाख ११ गते देखि सल्यानमा इकाई प्रमुखको रुपमा कार्यरत थिए ।ओलीको मुद्धाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्धा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सुचना अधिकारी मेघनाथ सापकोटाले बताए ।

सेवाग्राहीले सरुवाको विषयमा सेवा लिन खोज्दा घुस लिन खोजेको उजुरी कार्यालयमा परेको थियो सापकोटाले भने सोहि उजुरीको आधारमा हामीले प्रकृया अघि बढाएका हौँ । शाखा अधिकृत वलीले आफ्नो कार्यकक्षमै २५ हजार घुस बुझिसकेपछि अख्तियारको टोलीले उनलाई पक्रेको बताए ।

 हामीले उनलाई घुस लिएको रकम साथमै रहेको अवस्थामा पक्राउ गरेका हौँ उनले थपे सेवाग्राहीकै उजुरी र गोप्य सुचनाको आधारमा पक्राउ गरिएको हो । सापकोटाले भने आवश्यक प्रकृया पुरा गरेपछि मुद्धा प्रकृया अघि बढाइने छ ।
पक्राउ परेका वलिलाई काठमान्डौ पठाईने बताएको छ।

साभारः तिखोखबरबाट