| २० असार २०७६, शुक्रबार १३:४९
काठमाडौं । भारतको महाराष्ट्रमा गंगटोले पानीको बाँध भत्काउँदा १८ जनाको मृत्यु भएको छ । बाँध क्षेत्रमा ठूलो संख्यामा गंगटो जम्मा भएपछि चुहावट भएको हो ।
स्थानीयहरुले यसबारे जानकारी गराएपछि त्यसलाई रोक्ने प्रयास पनि भएको थियो ।
नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)ले हालसम्म १८ जनाको शव फेला परेको छ । गत जुन ३ मा बाँध भत्किँदा त्यसभन्दा तल बाढी आएको थियो जसले गर्दा बाँध नजिकै रहेका १२ घर बगाएको थियो ।
एजेन्सी