☰ open Loading... 17 November 2024|  

आगामी वर्षको निति कार्यक्रम
  | ३० असार २०७६, सोमबार १२:०१

दैलेख, डुंगेश्वर गाउँपालिकाले आगामी वर्षको निति तथा कार्यक्रममा गाउँपालिकालाई खरमुक्त घर बनाउने उल्लेख गरेको छ । गाउँमा आगजनीको जोखीम तथा वन संरक्षणमा टेवा पुग्ने भएपछि डुंगेश्वर गाउँपालिकाले आफ्नो निति कार्यक्रममै खरमुक्त गाउँपालिकाका बनाउने भएको हो । गाउँपालिकाले गरिव, विछडिएको वर्गको घरधुरी संकलन गरेर जस्तापाता किल्ने पैसा उपलब्ध गराउने छ । घर छाउने कार्य स्वयम घरधनीले गनुपर्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए ।


खरमुक्त गाउँपालिका सहित ८ र ९ कक्षाका छात्र छात्रवृत्ति कार्यक्रम राखीएको छ । ६ वटा माध्यमिक विद्यालयका १ सय २० जनालाई पूर्ण रुपमा छात्रवृत्ति दिईने जनाईएको छ । कक्षा सुधार कार्यक्रम कक्षा ४ र ५ मा लागु गरिने छ । एसईई प्रथम हुने छात्र र छात्रालाई उत्कृष्ट पुरस्कार दिईने भएको छ । आईएई एजीमा १÷१ जनालाई कृषि अध्यानका लागि पनि छात्तवृत्ति ब्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए ।
त्यस्तै गाउँपालिकाभर रहेका विद्यालय र स्वास्थ्य संस्थाहरुमा ईन्टरनेट सेवा, विद्युतिय हाजिर मार्फत निगरानी राखीने समेत कार्यक्रममा उल्लेख छ । आर्थिक वर्ष २०७५÷२०६६ को शम्सोधित बजेट गाउँसभाले पारित भएको गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञावलीले बताईन् । २८ करोड ६० लाख ११ हजार रुपैँया बजेट सिलिगमा चालुतर्फ २० करोड ४२ लाख ६९ हजार रुपैँया रहेको छ भने पुजीगत तर्फ ८ करोड १७ लाख ४२ हजार रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले बताए । डुंगेश्वर गाउँपालिकामा सडक, कृषि, शिक्षा, रोजगारी लगायतका क्षेत्रमा बजेट प्राथमिकतामा रहेको छ । नयाँ गाउँपालिका भवनका लागि पनि बजेट विनियोजन गरिएको छ । जनताका आवश्यकता धेरै बजेट कम हुँदा प्राथमिकताकरण गरेर बजेट ल्याईएको जनाईएको छ ।