☰ open Loading... 18 November 2024|  

मुगुमा ६ करोड ९२ लाख बजेट फ्रिज
  | ४ श्रावण २०७६, शनिबार ११:१३

मुगु, समयमा काम नहुँदा मुगुमा ६ करोड ९२ लाख फ्रिज भएको छ । संघ र प्रदेश सरकारले पठाएको बजेट फ्रिज भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार ६ करोड ९२ लाख दुई हजार एक सय ३० रुपैयाँ फ्रिज भएको हो ।

संघ र प्रदेश सरकारले गत आर्थिक वर्ष ०७५/७६ मा ३१ करोड ६८ लाख पाँच हजार पठाएको थियो । जसमा २४ करोड ७६ लाख दुई हजार आठ सय ७० रुपैयाँ खर्च भएको छ । करिब २२ प्रतिशत रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नन्दाराम कँडेलले बताए ।

संघीय सरकारबाट नौ करोड ७७ लाख २२ हजार बजेट प्राप्त भएको थियो । जसमा नौ करोड ६४ लाख १९ हजार पाँच सय खर्च भएको छ । यसमध्ये १३ लाख दुई हजार चार सय १५ रुपैयाँ फ्रिज भएको छ । त्यस्तै, प्रदेश सरकारले पठाएको २१ करोड ९० लाख ८३ हजारमध्ये १५ करोड ११ लाख ८३ हजार दुई सय ८५ रुपैयाँ खर्च भएको छ ।

बाँकी ६ करोड ७८ लाख ९९ हजार सात सय १५ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।