दैलेख, चामुण्डाविन्द्रासैनी नगरपालिका –५ धमालाटोलका कुस्माखर जैसी अहिले ७३ वर्षका भए । हिड्नै हम्मेहम्मे हुने जैसी ३० वर्षअघि घाँस काट्न जाँदा रुखबाट लडेर घाईते भए । उपचारपछि पूर्ण रुपमा निको भएन् ।
सुरुसुरुमा उभिन समेत निकै गाह्रो भयो । विस्तारै गाउँमै बनाएको लठीको साहारामा हिड्न थाले । केही राहतभएपनि लठीकै साहाराले हिड्न सकसमय भईरहन्थ्यो तर, गाउँमै जनप्रतिनिधि चुनिएपछि ३० वर्षपछि उनले वडा कार्यालयबाट बैसाखी पाए । निकै खुसी छन् । लठीभन्दा बैसाखीले ढुक्कले हिड्डुल गर्न मिल्छ ।
वडा कार्यालयमा उनी निकै खुसी देखीन्थे । आफुलाई वडा कार्यालयले दिएको बैसाखी पाएपछि अरु आफन्तसंग उनले खुसी साटे । जैसीजस्ता ७ जनालाई वडा कार्यालयले बैसाखी दिएको हो । त्यस्तै ५ नम्वर वडास्थित वडाला गाउँका ३५ वर्षिय गोपाल कार्कीले पनि दृष्टीविहिनहरुले प्रयोग गर्ने सेतो छडी पाए । जन्मजातै आँखा नदेख्ने उनी पहिलो पटक सेतो छडी पाए ।
उनी मात्रै होईन् वडाका ६ जना दृष्टीविहिनहरुले सेतो छडी उपलब्ध गराईयो । सामाग्री हस्तान्तरणसंगै वडाका अंपागता भएका ब्यक्तिहरुलाई वडा कार्यालयले हक, अधिकार र सुविधाका बारेमा अभिमुखीकरण समेत गरेको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष नारायणप्रसाद रेग्मीले बताए ।
वडामा भएका अंपागता भएका ब्यक्तिहरुलाई उनीहरुको हक हितका बारेमा तथा समाजले हेर्न दृष्टी र उनीहरुको समस्या समाधान कस्ले गर्ने भन्ने बारेमा सचेतना गराईएको थियो । उनीहरुले समाजमा अपहेलित भएर बस्न बाध्य भएको गुनासो गरे । सेवासुविधा लिन जाँदा आफुहरु मिचिने गरेको र अव, पहिलो प्राथमिकतामा आफुहरु पर्ने जानकारी पाएपछि खुसी ब्यक्त गरे । वडा कार्यालयले अहिलेको अवस्था, सरकार तथा समाजसंग गरेको अपेक्षा विषयमा अभिमुखिकरण गरेको हो ।
वडा कार्यालयबाट अंपागता भएका ब्यक्तिहरुलाई विनियाजन भएको ५० हजार रुपैँयामा सामाग्री खरिद गरि हस्तान्तरण अभिमुखीकरण गरिएको वडा कार्यालयले जनाएको छ । सामाग्री वितरणपछि उनीहरु खुसी भएको स्थानीयहरु बताउँछन् । गाउँघरमा आफुहरुलाई कसैले हेपे पनि कानुनी उपचारको ब्यवस्था रहेको पहिलो पटक आफुहरुले थाहा पाएको अंपागता भएका ब्यक्ति गोपाल कार्कीले बताए ।
वडाले आफुहरुलाई सहज हुने काम गरेको उनीहरुको भनाई छ । वडाले सवै वर्ग क्षेत्रका लागि सहयोगी भएर काम गरेको वडाअध्यक्ष रेग्मीले बताए । आगामी आर्थिक वर्षमा जेष्ठ नागरिक, अंपागता भएका ब्यक्तिहरु तथा अन्य पिछडिएको वर्गहरुलाई समेटेर काम गरिने वडाअध्यक्ष रेग्मीको भनाई छ ।