दैलेख, असार २९ गते भएको नारायण नगरपालिकाको नगर सभा हचुवाको भएरमा एकल रुपमै नगरप्रमुखले सकेको आरोप नगर सभाका सदस्यहरुले पत्रकार सम्मेलन गरेर आरोप लगाएका छन् । नगरसभाका सदस्यहरुले उठाएको सवालहरुको सुनुवाई नै नगरेर एक्कासी दुई घण्टामै नगरसभा सकिएको घोषणाले आफुहरु अच्चिमित भएको पत्रकार सम्मेलनमा नगरसभाका सदस्यहरुले बताएका हुन् । नारायणनगर सभा हकहित संरक्षण समितिको आयोजनामा पत्रकार सम्मेलन गरिएको थियो ।
नगरपालिकामा धेरै अनियमितता भएकाले पनि नगरसभा सक्नमै हतारो भएको आरोप नगरसभाका सदस्यहरुले बताएका हुन् । नगरसभामा छलफलमा उठाएका कुराहरु सुनुवाई नै नभएर सभा सकिएको घोषणा भएको आरोप नगरसभा सदस्य हर्कबहादुर नेपालीले लगाए । ‘छलफलमा उठाएका कुराहरु सभामा सुनुवाई हुनु त कहाँ हो कहाँ ।’
नगरसभा सदस्य नेपालीले भने, यस्तो किन गरेको भनेर नगरप्रमुखलाई भनेको तपाईहरु चुप लागेर बस्नुस् भनेर जवाफ पाईयो ।’ अर्का सदस्य रमेश केसीले गत आर्थिक वर्षको आर्यब्यय सार्वजनिक नगरि नयाँ कार्यक्रमका बारेमा समेत नगरसभाका सदस्यलाई जानकारी नगराएरै सभा सकिएको खवरले आफुहरु दंग परेको बताए ।
‘नगरसभा सदस्यलाई कोही पनि होईनन् भन्ने सोचेर नगरप्रमुखले सभा आफुखसी चलाए ।’ नगरसभा सदस्य रमेश केसीले भने, नगरपालिकामा धेरै अनियमितता भएको छ । त्यो आवाज उठ्नसक्छ भनेर सभा नै दुई घण्टामा सकियो ।’ नगरसभा सुरुमै उपस्थिति उठाईयो तर, निर्णय केके भयो आफुहरुलाई नदेखाईएको केसीले बताए ।
नगरसभाबाट भएको निर्णयप्रति माग्न प्रमुख प्रशासकिय अधिकृत समक्ष जादाँ नगरप्रमुख आएर धकाउने शैलीमा निर्णय सुचनाको हक सम्वन्धी फमेटमा चिठी ल्याएर आएमा दिईने तर, यसरी माग्न आएमा नदिने बताएको नगर सभा सदस्य केसीले बताए । नगरसभा सदस्यहरुले उपस्थितिमा सामेल भएपनि निर्णयमा सामेल नगराएको आरोप लगाएका हुन् । नगरसभाका सदस्य भुपाल थापाले कार्यकारी अधिकृत जनताप्रति अफादार हुनुपर्ने बताए । नगरसभामा सदस्यहरुको भुमिकालाई समेत अवहेलना गरेर समापन गरेको थापाले बताए ।
नारायणनगर सभा हकहित संरक्षण समितिले गरेको पत्रकार सम्मेलनमा
गत आर्थिक वर्ष ०७५/०७६ को आयव्याय नगरसभाबाट अनुमोदन नगरी गुपचुप राखेर पास गरेको, आर्थिक वर्ष ०७६÷०७७ को निति तथा कार्यक्रमलाई विषयगत समितिमा दफाबार छलफलनै नगरी, जवरजस्ती पास गरेको आरोप लगाएका हुन् । त्यस्तै आर्थिक वर्ष ०७६÷०७७ बजेटमाथि पनि छलफलनै छलफलनै नगरी पास गरेको, विभिन्न बिषयगत समितिको संयोजकको जिम्मेवारी नगरसभा सदस्यहरुलाई नदिएको, निति नियम बिपरित आफन्त र राजनिति संरक्षणमा ७ जना करार कर्मचारी नियुक्ती गरेको आरोप नगरसभा सदस्य भुपाल थापाले बताए । छलफलनै नगरि पँहुचको आधारमा विनियोजन गरिएको बजेट सच्याउनुपर्ने माग गरिएको छ ।
विकास निर्माणको कामबाट प्राप्त कन्टेन्जेन्सी रकम र ठेक्काबाट घटेको बाकी रकम कुन अवस्थामा कहाँ राखिएको छ ? बिवरण पेश नगरको नगरसभा सदस्यले आरोप लगाएका हुन् । नगर सभाको सदस्यहरुको लागि भनेर सिलाइएका कोट, पाईन्ट, दौरा सुरुवाल के कती थान सिलाईएको हो र उक्त सिलाईका कोट, पाईन्ट, दौरा सुरुवाल बितरण भएकोमा को कस्ले पाएका हुन निजहरुको नाम लिष्ट सार्जजनिक हुनुपर्ने नगरसभा सदस्य रमेश केसीले बताए ।