| १५ श्रावण २०७६, बुधबार १२:४४
काठमाडौं । प्रतिनिधिभाको आजको बैठक पनि नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरुद्ध पारेका छन् ।
बुधबारको बैठक हुनासाथ प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्न पुगेका हुन् । दुवै दलका सांसदहरुले संसदमा नारावाजी समेत गरेका छन् ।
संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, संसदीय छानविन समिति गठन गर्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारवाही गर्नुपर्नेलगायतको माग गर्दै सांसदहरुले संसद बैठक अवरुद्ध पारेका हुन् ।