☰ open Loading... 19 October 2019|   शनिबार, कार्तिक २, २०७६

प्राविधिक शिक्षातर्फ विद्यार्थीको आर्कषण

  |

सल्यान: सरकारले सामुदायिक विद्यालयको माध्यमिक तहमा लागु गरेको प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ।  आधारभूत तह पास भएर माध्यमिक तहको कक्षा ९ मा भर्ना हुन आउने अधिकांश विद्यार्थी प्राविधिक शिक्षा पढ्ने इच्छाले विद्यालयमा भर्ना भएको छन्। निःशुल्क प्राविधिक शिक्षा पढ्न पाइने र रोजगारको अवसर पनि चाँडै प्राप्त हुने भएकाले विद्यार्थीको प्राविधिक शिक्षाप्रति आकर्षण बढ्का् शिक्षकहरु बताउँछन्।

अभिभावक पनि आफ्ना छोराछोरीलाई माध्यमिक तहमा प्राविधिक शिक्षा नै पढाउने इच्छाले आउने गरेको शिवजन माध्यमिक विद्यालय शितलपाटीका प्रधानाध्यापक हिरालाल नेपालीले बताए। प्राविधिक शिक्षा पढ्ने भन्दै धेरै विद्यार्थी आउने गरेको तर कोटा सीमित भएकाले थोरैले मात्र अवसर पाउने गरेका छन्।

‘प्राविधिक शिक्षामा विद्यार्थीको निकै आकर्षण छ,’ उनले भने, ‘प्राविधिकतर्फको ४८ कोटामा १०० भन्दा बढीले निवेदन दिएकामा प्रवेश परीक्षा लिई उच्चतम अंकका आधारमा विद्यार्थी छनोट गर्दै आइरहेका छौं।’ अधिकांश बालबालिकाले प्राविधिक शिक्षा पढ्ने इच्छा व्यक्त गरिरहेको त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङका प्रधानाध्यापक माधव जिसीले बताए। यस विद्यालयमा माध्यमिक तह ( कक्षा ९ ) देखि सिभिल ओभरसियर र कक्षा ११ देखि कानुन विषयमा पठनपाठन गराइरहेको छ।

बढ्दो बेरोजगारीका कारण विद्यार्थीहरुको आकर्षणमा प्राविधिक तथा व्यवसायिक शिक्षा परेको प्रधानाध्यापक जिसीले बताउँछन्। उनले भने, ‘शिक्षामा ठूलो लगानी गर्न नसक्ने वर्गका परिवारका विद्यार्थीहरुले निःशुल्क प्राविधिक शिक्षा पाउने अवसर पाइरहेका छन्।’  कक्षा १० पासर गरेका विद्यार्थीले सब–ओभरसियर सरह मान्यता पाउने र १२ पास गरेकाले सब–इन्जिनियर सरहत मान्यता पाउने प्रअ जिसीले जानकारी दिए। सिटिइभिटिको तीन वर्षे ओभरसियर पढ्का विद्यार्थीले बिएसी पढ्न नपाउने तर माध्यमिक  तहबाट अध्ययन गरेका विद्यार्थीले सिधै बिएसी पढ्न पाउने छन्।

सल्यानका एका दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठ्न भइरहेको छ। सिटिइभिटीअन्तर्गत प्राविधिक शिक्षा पढाइ हुने विद्यालयमा शिवजन माध्यमिक विद्यालय शीतलपाटी र सूर्योदय माध्यमिक विद्यालय ढाकाडाम रहेका छन्। शिवजनमा बाली विज्ञान संकायमा तीन वर्षे आइएससी एजी, १८ महिने कृषि जेटिए, १८ महिने भेटनरी जेटिए र तीन वर्षे वन विज्ञान पठनपाठन भइरहेको छ।

सूर्योदयमा बाली विज्ञान संकायमा तीन वर्षे आइएससी एजी, १८ महिने कृषि जेटिए पढाइ हुँदै आइरहेको छ। शिक्षा विभागअन्तर्गत जनकल्याण माध्यमिक विद्यालयमा थारमारे, जनज्योति माध्यमिक विद्यालय रिम, जनज्योति माध्यमिक विद्यालय फारुला, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कपुरकोट, त्रिभुवन जनता मावि च्यूरामा बाली विज्ञान, त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङमा इन्जिनियरिङ र कानुन, जनता मावि काभ्रामा कम्युटर र निराजन मावि ढोरचौरमा पशु विज्ञान संकायमा पठ्न पाठ्न भइरहेको छ।

प्राविधिक शिक्षाको माध्यमबाट सिकेको सीपलाई व्यवहारिक ज्ञानको रुपमा जीवनपर्यन्त आफ्नो पेशा र रोजगारीको शिलसिलामा प्रयोग गर्न सकिने भएकाले प्राविधिक शिक्षातर्फ आकर्षण बढेको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका इकाइ प्रमुख लिलाधर घर्ती मगरले बताए।

प्रकाशित मितिः शनिबार, साउन १८, २०७६     1:45:16 PM
error: Content is protected !!