☰ open Loading... 27 February 2025|  

तिलागुफा नगरपालिकाद्वारा एम्बुलेन्स खरिद
  | २२ श्रावण २०७६, बुधबार १९:२९

कालीकोट: तिलागुफा नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ। यो जिल्लाकै पहिलो मा नै एम्बुलेन्स हो। नगरपालिकाभित्रका नागरिक बिरामी हुँदा बोकेर लैजानुपर्ने बाध्यता रहेको त्यसलाई हटाउन एम्बुलेन्स खरिद गरेको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए।

एम्बुलेन्स नेपाल सरकारको राजस्व छुट गराएर १२ लाख रुपैयाँ खरिद प्रमुख शाहीले जानकारी दिए ।  जिल्लामा नै एम्बुलेन्स नभएका बेला नगरपालिकाले किनेर राम्रो काम गरेको तिलागुफा नगरपालिका–६ गाल्जेका जनकबहादुर शाहीले बताए। ‘नौ वटा स्थानीय तह भएको कालीकोटमा कुनै स्थानीय सरकारले खरिद गरेका थिएनन्।

बिरामी पर्दा डोकोमा बोक्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘नागरिकलाई सेवा दिन नगरपालिकाले एम्बुलेन्स किन्नु राम्रो काम हो।’ नगरपालिकाले नगरभित्रका नागरिकलाई निःशुल्क एम्बुलेन्सले सेवा दिने जनाएको छ।

ड्राइभर र एम्बुलेन्स मर्मत खर्च कसरी मिलाउने र निःशुल्क सेवा दिनेबारे नगरपालिका कार्यपालिकाको बैठकले तय गर्ने नगर प्रमुख शाहीले बताए।