☰ open Loading... 15 November 2024|  

तीन महिनाभित्र टावर निर्माण नगरे ठेक्का तोडिने
  | २२ श्रावण २०७६, बुधबार १९:३२

जाजरकोट: जाजरकोटमा भारतीय कम्पनीको लापरवाहीका कारण तोकिएको मितिमा निर्माण कार्य हुँन नसकेको मोबाइल टावरहरू तीन महिनाभित्र निर्माण गर्न लिखित कागज गराएको छ।

पटकपटक म्याद थप्दा पनि निर्माण कार्य नगरेर अलपत्र पारेको भन्दै नेपाल टेलिकमका अधिकारीको रोहवरमा जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले लिखित कागज गराएका हुँन्।

जिल्लाका ६ ठाउँमा नेपाल टेलिकमको मोबाइट टावर निर्माण कार्य सम्पन्न भइसक्ने समयमा सामग्री समेत ढुवानी नहुँदा समस्य हुँदै आएको प्रति प्रदेशसभा सदस्य सिंहले चाँसो देखाउँदै लिखित कागज गराएका हुन्। मजकोट, शेरी, नायकवाडा, डाडागाउँ, सक्ला र पैँक लगायतका ठाउँमा मिति तोकेरै निर्माण गर्न कम्पनीलाई सहमत गराएको छ।

मजकोट र शेरीमा अगस्टभित्र, नायकवाडामा सेप्टेम्बरको पहिलो हप्ता, डाडागाउँमा सेप्टेम्बरभित्र, सक्ला र पैँकमा जति सक्दो छिटो निर्माण गर्ने निर्माण अप्टर इन्डिय कम्पनीले प्रतिबद्धता जनाएको छ। तोकिएको मितिमा टावर निर्माण नगरे ठेक्का सम्झौता तोड्ने र नयाँ ठेक्कामा जाने सहमतीसमेत भएको प्रदेशसभा सदस्य सिंहले बताए।

आफू निर्वाचित भएपछि जिल्लाका सबै ठाउँमा मोबाइल टावर निर्माण गर्ने सिंहको चुनावी घोषणा पत्र भएको भन्दै जसरी नि पूरा गर्ने बताए। टावर छिटो बनाउँ भन्दै ध्यानाकर्षण गराउन गएका प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको पहलमा काठमाडौंको ववरमहलमा बसेको बैठकमा वायरलेस सेवा निर्देशनालय निर्देशक सरोजमान सिंह प्रधान, प्रबन्धक मिनु प्रधान, निर्देशक संगीता पहाडी, उपप्रबन्धक अन्नतप्रकास मल्लिक, अप्टर इन्डिया कम्पनीका व्यवस्थापक  भोजराज बढु, सामग्री ढुवानी गर्ने दुर्गेश झाले छिटो टावर सामग्री ढुवानी र निर्माण गर्न सहमती पत्रमा हस्ताक्षर गरेका हुन्।

थाहाखबरबाट