☰ open Loading... 15 November 2024|  

सहकारीको ११ लाख रुपैयाँ चोरी
  | २४ श्रावण २०७६, शुक्रबार १८:३१

सरुमारानी गाउँपालिका ४ बडडाँडा प्यूठानको एक सहकारीमा चोरी भएको छ । स्थानीय ऐरावती बहुउदेश्यीय सनाकिसान सहकारी संस्थाको बिहीबार राति मुलगेट र भित्री गेटको ताला फोरेर सेफमा राखिएको एघार लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

बिहान कार्यालय खोल्न आउँदा मुलगेट र भित्रीकोठाको ढोकाको ताला फोरिएको अवस्थामा थियो, त्यसपछि प्रहरीलाई खबर गरे, सहकारी व्यवस्थापक रेवत प्रसाद खनालले भने, सेफ फोरेर ११ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ चोरी भएको रहेछ ।’ बिहीबार बेलुका हिसाव किताब गरी पैसा सेफमा राखेर आफू कार्यालयबाट निस्किएको खनालले बताए ।

कार्यालयको मुलगेट र भित्रीकोठाको ताला तोडिएको र पैसा राखिएको सेफ फोरिएको पाइएको अस्थायी प्रहरी पोस्ट बड्डडाँडाका इन्चार्ज प्रेम बहादुर बिकले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।