☰ open Loading... 5 November 2025|  

जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ
  | २९ श्रावण २०७६, बुधबार ०९:२४

रुकुम : प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको नेकपा रुकुम पूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी

सिस्ने गाउँपालिका ८ डाँडागाउँका ३८ वर्षीय देविलाल पुनसहित ५ जना जिल्ला सदस्य रहेका छन्। जसमा सोही ठाउँकै ४५ वर्षीय मोहनलाल कार्की, सिस्ने ७ नाथिगाटका ४० वर्षीय लिलाराम बुढा, सिस्ने ३ पोखराका ४५ वर्षीय धनबहादुर बिक, भूमे ६ महतका ४० वर्षीय रामकुमार बुढा र महतकै ४२ वर्षीय हिका बुढा रहेका छन्।

केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा उनिहहरु पक्राउ परेको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए। उनिहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइराखेको प्रहरीले बताएको छ।