☰ open Loading... 6 November 2025|  

सुर्खेती सर्जक विष्टको ‘माइतीको देश २’ सार्वजनिक भिडियो
  | ३२ श्रावण २०७६, शनिबार ०८:४२

सुर्खेत । नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै छ। यसै तीजको अवसरमा कलाकारहरूले तीजका भाकाहरू बजारमा पठाइरहेका छन्। सुर्खेती सर्जक हरि विष्टले यसपालि ‘माइतीको देश २’ बोलको तीज भाका बजारमा पठाएका छन्।

उक्त गीतमा लोकप्रिय गायिका टिका पुनको आवाज रहेको छ। हरि विष्टको शब्द संगीत रहेको गीतको संगीत संयोजन झलक संगीतमले गरेका छन्। मौसम हिमालीले निर्देशन गरेको गीतमा वरिष्ठ कलाकार नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ। करण चैसिरले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने प्रविण भट्टले म्युजिक भिडियो सम्पादन गरेका छन्।