☰ open Loading... 16 November 2024|  

६५ घरमा पहिरोको जोखीम
  | ३ भाद्र २०७६, मंगलवार २०:१८

दैलेख, दैलेख सदरमुकाममा रहेको बादी समुदाय बस्ने नमुना बस्ती पहिरोको जोखीममा रहेकोको छ । चारैतिर गल्केको खुकुलो भिरालो जमिन । त्यही जमिन खोतेलेर बनाईका घरहरु । पानी परेसंगै पहिरो घरमाथिबाट खस्ने जोखीम उत्तिकै छ । त्यसपछि बस्तीमा रहेका बादी यूवाहरु खैलाबैला मच्चिन्छ । एकै ठाँउमा भेला हुन्छन् ।

रातभर बस्तीमै जाग्राराम बस्छन् । जव अकाश बादल ढाकेर कालो हुन्छ । नमुना बस्तीका जोकोहीको पनि मन बटारिने गर्दछन् । आकाशमा बादल लाग्ने वित्तिकै बस्तीमा पहिरो जाने डरले होस् नै उड्ने गरेको बादी समुदायकी अगुवा पौवा बादी बताउँछिन् । पानी परेसंगै पहिरोको अति जोखीममा रहेको कतिपय परिवारले घर छाड्ने गर्दछन् । र, सुरक्षित घरतिर जाने गर्दछन् । जव वर्षात हुन्छ बादी समुदायका लागि निन्द्रा नै लाग्दैन् । जिल्ला विपद् ब्यवस्थापन समितिले पहिरो जोखीम भएकाले नमुना बस्तीलाई बैकल्पिक स्थानमा सार्नका लागि यस अघि नै निर्णय गरिसकेको छ । यो वर्ष पनि सचेत हुन आग्रह गरिएको जनाईएको छ । भिरालो भाग, बस्ती मुनी सडक भएकाले वर्षातमा नमुना बस्ती जोखीममा हुने गरेको हो ।

नमुना बस्तीमा पहिरो न्यूनिकरणका लागि सरोकारवाला निकायले बेवास्था गर्दा बस्ती जोखीममा रहेको स्थानीय बादी समुदायकी अगुवा पौवा बादीको भनाई छ । आफुहरुलाई वर्षेनी पहिरोले दुःख दिने गरेको उनको भनाई छ । दुई वर्ष अघि बस्तीमा पहिरो जाँदा बस्तीमा तिन जनाको मुत्यु भएको थियो ।

बादी समुदायमा ६५ घर छन् जसमा ६० घर पूर्ण रुपमा जोखीममा छन् । भने ५ घर आन्सिक जोखीमा रहेका छन् । नमुनाबस्ती नै पहिरोले भाँसीन थालेपछि धेरैले थाकथलो नै छाडेका छन् । पानी परेपछि निन्द्रा नै हराउने गरेको टेकबहादुर बादी बताउँछन् । १६ वर्षअघि पत्रकार डेकेन्द्रराज थापाले बादी बस्ती बसालेका थिए । सानो बस्ती बसालिएको थियो । अहिले चौगुणा बढी घरहरु बनेसंगै पहिरोको जोखीम बढेको हो ।
गर्त वर्ष यो बस्तीमा पहिरोले १५ घर चर्किएको थियो ।

वर्षासंगै खुकुलो माटो बग्न थालेपछि घरहरु जोखीममा पर्ने गरेको हुन् । गर्त वर्ष ६ बस्तीका ६ घर पहिरो खसेर पुरेको थियो । नमुना बस्तीमा रहेका ६० घर नै जोखीममा रहेको जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा पटक पटक सर्वपक्षिय बैठक बैकल्पिक उपाय समेत निकालिएको थियो तर, वर्षात सकिएपछि फेरी बस्तीमै बादी समुदाय फर्कन्छन् । वर्षात सुरुसंगै घरहरु जोखीममा हुने गर्दछन् । गत वर्ष २१ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जनाए ।

जोखीमपूर्ण स्थान निगरानीमा

जोखीमपूर्ण स्थानहरुको जिल्ला विपत ब्यवस्थापन समितिले निगरानीमा राखेर उच्च सर्तकता अपनाएको छ । समितिले तयारीमा अवस्थामा जनशक्ति, उद्धार सामाग्रीदेखी राहतका सामाग्री तयारी अवस्थामा राखेको जनाएको हो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत ब्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रसाद बाँस्कोटाले वर्षातका बेला हुनसक्ने भब्यतब्यलाई नजरअन्दाज गरि आफुहरुले सवै निकायहरुलाई सर्तक अवस्थामा राखेको बताए । बाढी आउनसक्ने कर्णाली राजमार्गका दहिखोला, रतिखोला, लुवा खोला, सिस्नेखोला लगायत स्थानहरु रहेका छन् भने पहिरो आउने सम्भावित स्थानहरु कर्णाली राजमार्गमा रहेको रामघाट बजार तथा सदरमुकाममा रहेको नमुना बस्ती उच्च जोखीममा रहेको छ ।

जोखीममा दैलेखका ५ सय घरधुरी रहेको प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताए । उद्धारका सामाग्रीका साथै राहतका लागि तयारी अवस्थामा ५ सय क्यूटल चामल स्टक राखीएको जनाईएको छ । त्यस्तै नेपाल सेना १ सय ९० जना, नेपाल प्रहरी २ सय ७० जना, सशस्त्र प्रहरी वलको १ सय जना र रेडक्रससंग आवद्ध तालिम प्राप्त ५१ जनागरि ६ सय ११ जना उद्धारका लागि तयारी अवस्थामा राखीएको जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । त्यस्तै करिव १ दर्जन एम्वुलेन्स, १ वटा सववहान, दर्जन बढी डोजरहरु, उद्धारका लागि सरकारी सवारीसाधन ४० तयारीमा अवस्थामा राखीएको बाँस्कोटाले जानकारी दिए । विपद् ब्यवस्थापन कोषमा स्थानिय तहले ८० लाख रकम राखेका छन् । एक स्थानिय तहले ५ लाखदेखी १० लाख खातामा जम्मा गरेर राखेका हुन् ।